बुधबार, वैशाख १२, २०८१

यसरी बच्न सकिन्छ मौसमी रुघाखोकी ज्वरोबाट

नेपालखोज २०७६ असोज ८ गते १८:१०

मौसमी रुघाखोकी ज्वरोले सबै उमेर समूहका व्यक्तिहरुलाई सताउने गर्छ । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ ।

वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन् । यो रोग लागे पछि मानिसहरु कम्तीमा एक हप्ता थला नै पर्छन् । तर, खानपान र स्वस्थ दैनिकीमा ध्यान दिए मौसमी रुघाखोखी ज्वरोबाट बच्न सकिन्छ ।

यस्ता छन् मौसमी रुघाखोकी ज्वरोबाट बच्ने उपाय

– खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने
– साबुन पानीले मिची मिची हात धुने बानी बसाल्ने । जस कारण हातमा भएका किटाणु पेटसम्म पुग्न पाउदैनन् ।

– पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने
– ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गर्ने

– आनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाने
– ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाने

– शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै बस्ने
– आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलगाउने

– सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने
– अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्ने

– नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने
यसरी मौखमी रुघाखोकी र ज्वरोबाट बच्न सकिन्छ ।

प्रतिक्रिया