मंगलबार, वैशाख ४, २०८१

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आईतबारदेखि

नेपालखोज २०७६ असोज ९ गते १४:१६

९ असोज २०७६, काठमाडौँ ।          एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

ओमको १०० कित्ता बराबर एनएमबीको ७६ कित्ता सेयर हुने गरी मर्जर सम्पन्न भएको बैंकले आईतबारदेखि एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

मर्जर पश्चात बन्ने बैंकको शाखा संख्या १६३, एटिएम १२० र एक्सटेन्सन काउन्टर पाँच पुग्नेछ । त्यस्ते, बैंकको जगेडाकोष २० अर्ब ४२ करोड रुपैयाँ, निक्षेप एक खर्ब १९ अर्ब रुपैयाँ र कर्जा एक खर्ब १३ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया