बुधबार, वैशाख १२, २०८१

किन चाहिन्छ हिन्दुधर्म ?

नेपालखोज २०७६ असोज १२ गते १२:२८

A flower cannot blossom without sunshine, and man cannot live without love.

संस्कृत दर्शन र धर्मका विशेष अध्येता हुन् म्याक्स मुलर । जर्मनमा जन्मेर बेलायतमा पढेका र दुवै देशका नागरिक बनेका अनुसन्धाता म्याक्स मुलरले लेखेका छन्– हिन्दूहरुको षडदर्शन (महर्षि कपिलको सांख्य दर्शन, ऋषि पतञ्जलीको योगदर्शन, महर्षि जैमिनीको पूर्व मिमांसा, महर्षि व्यासको बेदान्त, महर्षि कर्णादको वैशेषिक दर्शन र महर्षि गौतमको न्याय दर्शन) लाई सबैभन्दा पुरानो र आधुनिक युगको उत्तम दर्शन मानिन्छ । यी सबै दर्शनको उत्पत्तिक्षेत्र हिमवतखण्डमा पर्ने हाम्रै नेपाल हो ।

एटमबमका निर्माता अमेरिकी वैज्ञानिक जुलियस आर ओपन हेमर भागवत गीताका विशेष विद्यार्थी । गीता पढेर उनले उहिल्यै भनेका थिए– आधुनिक विज्ञानमा हामीले जेजे उपलब्धि हासिल गर्छौं, ती सबै हिन्दुहरुको प्राचीन दर्शन ‘वेद’ हो, बेदको आधारमा हो ।
१९९८ मा न्यूक्लियर बमको परीक्षण गर्दा भारतमा विश्वका वैज्ञानिक उपस्थित थिए र ती सबैले दीपावलीको शक्तिको उपासना गरेका थिए, शुभकामना कार्ड समेत दीपावलीभित्रको रहस्यको चित्रलाई बनाएका थिए । जुलियस ओपन हेमरले भनेका छन्– गीता महान ग्रन्थ हो । यो दर्शनमात्र होइन, नैतिकताको राजमार्ग हो ।

संस्कृतका पश्चिमा विद्वानहरु भागवत गीतालाई एटम बम मान्छन् । गीता नैतिकता निर्माण र निर्वाणा हो । बिध्वंशको ज्ञान पनि गीता नै हो ।
स्मरणीय छ- The first atomic bomb was successfully detonated on July 16, 1945, in the Trinity test in New Mexico. Oppenheimer later remarked that it brought to mind words from the Bhagavad Gita: “Now I am become Death, the destroyer of worlds.” In August 1945, the weapons were used in the atomic bombings of Hiroshima and Nagasaki

भारतका पूर्वराष्ट्रपति तथा एरोस्पेश वैज्ञानिक एपीजे अब्दुल कलामले (Liginted minds) मा वैज्ञानिक अल्बर्ट आइन्साटाइनको भनाई उधृत गरेका छन्– ‘हामी वैदिक दर्शन वेद र हिन्दुहरुका प्रति अत्यन्त आभारी छौं किनभने उनीहरु हामीलाई गणित विद्या दिंदैनथे भने विश्वमा कुनै आविस्कार कदापि सम्भव नै थिएन ।’

मुस्लिम अब्दुल कलामले प्राणत्याग गर्नुअघिसम्म पनि हरे राम हरे कृष्णको भजन गाएका थिए ।यही तथ्यमा टेकेर सन २०११ मा चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओले १९७७ देखि देङ सियाओ पिङको आर्थिक खुलानीतिबाट भित्रिएको बिकृति न्यूनिकरण गर्न चिनियाँ कम्युनिष्ट पार्टीको नीति नै पारित गराएर ‘चीनको संस्कृतिमा चीनकै पकड’ नीति लागू गराए । चीन आज आर्थिक र सामरिक विश्वशक्ति बनिसक्यो ।
पूर्वीय दर्शनअनुसार प्राचीन युगमा सुर र असुर दुई मार्ग थिए । यिनीहरु सूर्य र चन्द्रको गतिमा चल्ने गर्थे । एकथरि देवगुरु बृहस्पति र अर्कोथरि दैत्यगुरु शुक्राचार्य मान्थे । यहीँबाट वैष्णव र शैव धर्मको जन्म भएको ज्ञाताहरुको मत छ । पछि यिनका हाँगाबिँगाका रुपमा शाक्त, नाथ, दसनामी, ब्रम्हा अनेक धर्महरुको जन्म हुँदै गयो । यी सबै सनातन हिन्दु धर्मकै शाखाहरु हुन् ।
युद्ध त्यतिबेला पनि हुन्थ्यो । देव र असुरवीच । देवका पक्षमा गन्धर्व, यक्ष, मान्छे हुन्थे भने दैत्यका पक्षबाट दानव, राक्षसहरु हुन्थे । धर्मशास्त्रका अनुसार अन्तिम युद्ध ईन्द्र र हिरण्यकशिपुका पुत्र प्रल्हादका नाती बलीसँग भएको थियो । देवताले हारेको यो युद्धपछि असुरहरु डरलाग्दा शक्तिशालीका रुपमा देखिए । पछि देवताका लागि विष्णुले वामन अवतार लिएर बलीसँग ३ पाइला भिक्षा माँगेर स्वर्ग, मत्र्य, पाताल कब्जा गरेपछि असुरहरुको हार भएको थियो । तथापि विष्णुले बलीलाई पातालको राजा बनाए, देवताले स्वर्ग फिर्ता पाए । शुक्राचार्य असुरसँगै पाताल भासिए ।
देवताका गुरु बृहस्पतिको जन्म पनि आश्चर्यपूर्ण छ । महर्षि अंगिराकी पत्नी कर्मदोषका कारण जहिले पनि मृत शिशु जन्माउँथिन् । ब्रम्हाको सुझाव र सनतकुमारको शिक्षाअनुसार पुंसवन ब्रत गरेपछि उनले बृहस्पतिलाई जन्माएकी हुन् ।देवताहरूका गुरु तथा पुरोहित बृहस्पति हुन् । उनी महर्षि अंगिराका पुत्र हुन् । बृहस्पतिको जन्मको प्रसंग पनि रोचक छ । महर्षि अंगिराकी पत्नी आफ्नै कर्म दोषका कारण मृत शिशु जन्माउँथिन् । ब्रह्माले उनलाई पुंसवन व्रत गर्न र्अहाए । उनले सनत्कुमारबाट व्रतविधि सिकेर उक्त व्रत गरिन् । उक्त व्रतका कारणले भगवान् विष्णु प्रसन्न भए र उनको कृपाबाट महषि पत्नीले प्रतिभासम्पन्न बृहस्पतिलाई पुत्र रूपमा प्राप्त गरिन् ।असुरहरु चन्द्रमालाई मुख्य देवता मान्छन् र शक्तिका देवता शिवलाई मान्छन् । धर्मद्वन्द्व दिनदिनै बढेर गएको छ । हिन्दुधर्म किन उत्तम धर्म हो, जान्नै पर्ने विषय हो यो ।

हिन्दुधर्म श्रेष्ठ धर्म र यो धर्म मान्ने व्यापक समुदायहरु छन् । यसलाई तोड्नका लागि यतिबेला ईसाइ मुसाइलगायतका धर्म्रम्प्रदायहरु व्यापक घूसपैठ गरेर भ्रम छरिरहेका देखिन्छन् । फैलाइएका भ्रम केलाउँदै गएपछि हिन्दुधर्म उत्तम धर्म हो भन्ने बुझ्न सकिन्छ ।
हिन्दुधर्म बाहेक सबै धर्मका आआफ्ना मार्ग छन् । तर ती सबै धर्म एकमार्गी हुन् । हिन्दुधर्म सत्यसम्म पुग्छ, मोक्ष अथवा ईश्वरसम्म पुग्ने अनेक द्वारहरु खोल्छ । यो सबै बुझ्दै गएपछि मानिस सत्य निकट पुग्छ । मोक्ष निकट पुग्छ । अनेक मार्ग छन्, सबै मार्गको लक्ष्य एउटै छ मोक्ष ।
ज्ञानमार्ग, भक्ति मार्ग, सांख्य मार्ग, योग मार्ग, मूर्तिपूजाको मार्ग, एकेश्वरवादी मार्ग, सर्वेश्वरवादी मार्ग, देवदेवीवादी मार्ग, निराकारको प्रार्थना गर्ने मार्ग, ध्यान मार्गका साथै नास्तिकमार्गसमेत बताएको देखिन्छ । यति भइकन पनि हिन्दुधर्मले गीतामार्गलाई प्राथमिकता दिएको छ । यहाँसम्म कि जानी अनजानमा जे जति भूल हुन्छन्, त्यसमा प्रायश्चित्तको मार्गसमेत रहेको छ ।

विश्वमा आधुनिकतासँगै जे जति आविस्कारहरु भएका छन्, ती सबै हिन्दु धर्मका दर्शन मार्गका देन हुन् । ऋग, यजु, साम तथा अथर्व वेद बेद, उपनिषद, गीता हिन्दु धर्मका प्रमुख व्याख्याता हुन् ।

भनिन्छ, पहिले वैदिक धर्म थियो । यो धर्ममा अवगुण बढेपछि धर्मप्रति अनास्था बढ्यो, अनेक जातिमा बिभक्त भए । पछि प्रकृति पूजक निस्किए, तन्त्रमन्त्रआदिमा विश्वास राख्न थाले । कोही भ्रममा र कोही आस्थामा बाँच्न थाले । शास्त्रअनुसार श्रीकृष्णको समयमा ७२ सम्प्रदाय थिए । श्रीकृष्णले नै सबैलाई सामुहिकीकरण गरेर सनातन धर्मको बिस्तार गरे । पछि गौतम बुद्धसम्म पनि फैलियो । शास्त्रका ज्ञाताहरुका अनुसार हिन्दुधर्मका संस्थापक ब्रम्हा हुन, श्रीकृष्ण अन्तिम हुन । हामी यही धर्म आजपर्यन्त चलाइरहेका छौं ।
हिन्दुधर्ममा भगवान ईश्वर हुनसक्दैन । ईश्वरको स्वरुपको मात्र मान्यता छ ।

१९६९ जुलाई २० मा नेल आम्र्सट्रङले चन्द्रमामा टेके । उनी पूर्वीय दर्शनका अध्ययन गर्थे । आज पनि श्रीलंकाको राष्ट्रिय धून संस्कृतमा ‘नमो नमो’ मा छ । १९५१ मा जर्मनमा सुरु भयो सोसलिष्ट इन्टरनेशनल । सोसलिष्टहरु आफैमा रनभुल्लमा छन् तर त्यही जर्मनमा तन्त्र, झारफुकले कानुनी मान्यता पाएको छ र त्यही जर्मन नेपालमा तन्त्र, मन्त्र, कालविद्या अनुसन्धानमा व्यापक धन खर्च गरिरहेको छ ।

आश्चर्य लाग्ला, कृष्णमन्दिरको गर्भगृहमा के होला ? भन्ने जान्न मन्दिरको पुनरुद्धार नै गरिदिए । हामीसँग कृष्णमन्दिर छ, पुनर्निर्माण गरिदिनेले गर्भगृहबाट के लगे ? हामीले चालै पाएनौं । भन्नुको अर्थ पश्चिमाहरु पूर्वीय दर्शनको धुइँधुइती खोज गरिरहेका छन् ।

काठमाडौं युनिभर्सिटी, त्रिभुवन विश्वविद्यालयमा सार्क देशहरु र अमेरिका, जर्मनी, जाम्बिया, क्यानडा, नेदरलेण्ड, अष्ट्रेलिया, जापान लगायतका ३७ मुलुकका विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन् । यो उत्साहजनक सूचना हो किनभने नेपाली विद्यार्थीहरु भविष्य खोज्न अमेरिका, क्यानडा, जापान, अष्ट्रेलिया, युकेतिर दौडादौड गरिरहेका छन् । शिक्षाविदहरु नेपाललाई शैक्षिक हव, अन्तर्राष्ट्रिय शैक्षिक सेन्टर बनाउन सकिन्छ भन्नेतिर केन्द्रीत हुनसकेको देखिदै्रन । योजनाविद र राष्ट्रिय विकास परिषद त पार्टीका कार्यकर्ता बाँध्ने भेडीगोठ बनेको छ ।

जापानकी तनरी विद्याविद्यालयका प्राध्यापक नारिता संस्कृत विश्वविद्यालयबाट आचार्य पास गरेर विद्यावारिधि गरिन् । उनको विद्यावारिधिको विषय छ ः‘नेपालको प्राचीन र मध्यकालका धार्मिक समन्वय’ । उनको शोध शिक्षक थिए– इतिहासविद दिनेशराज पन्त । जापानी महिला कायोरी नाकाता नेपाली पढ्दैछिन् र उनी भन्छिन्– नेपालीमा पढ्न रमाइलो लागिरहेको छ । निकै प्राचीन र गहिरो अध्ययनको विषय छ नेपाल । नेपाली भाषा र नेपाली समाजमा विद्यमान रमाइलो आकर्षण विश्वव्यापी गर्न हामी चुकिरहेका छौं । गज्जवको समाचार के पनि छ भने

इसिमोडको सहयोगमा केयुमा ‘ग्लासियोलोजी’ (हिमनदी–जलवायु परिवर्तनका कारण र मानव जीवनमा पर्ने असर) विषय पढाइने रहेछ । यो तथ्य कतिलाई थाहा छ ?

अर्थात् पूर्वीय दर्शन–संस्कृति, बुद्ध–बेद, हिमाल–पानी, जलस्रोत–जडिबुटी, प्रकृति–विविधतामा नेपालजत्तिको धनी मुलुक विश्वमा कुनै छैन । इतिहास साक्षी छ– बेदका रचयिता बेदव्यास केन्द्र तनहुँ, व्याकरण रचयिता पाणिनी केन्द्र अर्घाखाँची हो । यी दुबै महापुरुष नेपाली थिए ।
धर्मका पुस्तकहरुमा लेखिएका छन्– महाज्ञाता बेदव्यासलाई ब्रम्हजीबाट आदेश भयो र उनले भगवान गणेशलाई महाभारत लिपिबद्ध गरिदिन अनुरोध गरे । नकार्न नसकेका गणेशले लेख्ने क्रममा लामो समय कुर्न सक्दिन भन्ने सर्त राखेर लेख्न स्वीकार गरे । त्यसपछि बेदव्यासले पनि सर्त राखे कि भावार्थ नबुझेसम्म श्लोक लेख्ने छैनौं । दुबैमा सहमति भयो र यही सहमतिको निष्कर्ष हो– श्रीकृष्णसहितको परमार्थकथा महाभारत । संस्कृत भाषामा अहिलेसम्मकै ठूलो १८ हजार श्लोक रहेको महाभारत ग्रन्थ अपूर्व ग्रन्थ मानिन्छ । महाभारतका रचयिता तिनै बेदव्यास नेपालको लमजुङमा जन्मेका हुन् । लमजुङको मस्र्याङ्दी (शायद) नदी किनारमा माझी परिवारका मत्स्यगन्धा, योजनगन्धा बस्थे । जो पछि पाण्डवहरुका हजुरआमा भए । राजा परासर त्यही बाटो जाँदा माझी महिलामा आशक्त भए । मत्स्यगन्धाले ममा दुर्गन्ध छ, बिबाह गर्छौ र ? भन्ने प्रश्न गर्दा परासरले एकयोजनसम्म सुवासित हुनेगरी उनलाई योजनगन्धा बनाइदिए । त्यसपछि विवाह भयोे, तिनले छोरी पाइन्, जो सत्यवतीका नामले परिचित भइन् । यी तिनै सत्यवती थिइन्, जो नेपाली हुन् जसले हस्तिनापुरका राजा सन्तनुसँग विवाह गर्न पुगिन् । महाभारतमा वर्णित यी र यस्ता चित्ताकर्षक विषयहरु ज्यादै रोचक प्रसङ्गहरु हुन् । पश्चिमा र्संष्कृतमा जन्मेहुर्केका लागि त चमत्कारिक र चित्ताकर्षक विषय बनेका देखिन्छन् ।

अमेरिकी महिला जेस्सिका भ्यान्टिन बर्केनहोल्जले सन २०१० मा स्वस्थानी कथामा विद्यावारिधि गरेकी छिन् । जेस्सिकाका अनुसार उनले लेन बेनेटको पुस्तक ‘डेन्जर्स वाइङ्खस् सेक्रेड सिस्टर्स’मा स्वस्थानीको केही अंश पढेपछि त्यो विषयलाई विद्यावारिधिको विषय बनाएको बताएकी छिन् । उनलाई नेपाली इतिहासविद काशीनाथ तमोटले सघाएका थिए । महाभारतको उचित प्रचार भयो भने यो ग्रन्थ ठूला ठूला विश्वविद्यालयमा शोधको विषय हुनसक्छ ।

चन्द्रगुप्त मौर्य अर्थात मुरापुत्र पनि नेपालकै थिए भन्ने इतिहासविदहरु दावी गरिरहेका छन् । आर्याव्रतमा आर्यन बस्थे, यो ठूलो भूभाग हो । उनीहरु एसियामा बसाई सरे । ऋषि परसुराम ब्राम्हण महर्षि जमदग्निका पुत्र थिए । असुन्धानबाट उनी आजको अजरवैजानमा जन्मेको बताइन्छ । टक्सिला आजको कान्धहार–अफगानिस्तानमा पर्छ । बुद्धकालीन कालमा टक्सिला, इण्डसरिभरको भूभागसहित पाकिस्तानको भूभाग थियो। कनिष्क, सम्राट अशोकले आफ्नो धर्म परिवर्तन गरेर बुद्धधर्म अँगालेर त्यही समयदेखि बुद्धधर्मको ठूलो प्रचार भएकोे यो क्षेत्रमा बौद्धगन्धार पनि पर्छ ।

तत्कालीन अवस्थामा आचार्य बिष्णुगुप्त गुरु थिए, पछि उनी चाणक्यका नामले प्रशिद्ध बने । आज पनि चाणक्यनीति राजकाजमा ‘राजनीतिक विज्ञानका नामले’ चर्चित छ । त्यतिबेलाको मगध, आजको बिहारमा पर्छ । मगध सम्राट घनानन्दले गरेको आफ्नो अपमानको बदला लिन चाणक्यले चन्द्रगुप्त (मुरापुत्र)लाई मगजका राजा बनाएका थिए र आफू जंगलमा कुटी बनाएर राजकाजका सहायक बनेको प्रसङ्ग छ ।
भारतीय विद्वान हरिनारायण आप्टेले ‘चाणक्य एण्ड चन्द्रगुप्त’ पुस्तकमा लेखेका छन्– चन्द्रगुप्त नेपाली किराँती महिला मुरादेवीको छोरा थिए । लेखकका अनुसार किराँतहरु त्यतिबेलादेखि नै नेपालका पहाडी इलाकामा (धनकुटा, तेह्रथुम, इलाम, भोजपुर, ओखलढुंगा आदि क्षेत्रमा) बसोबास गरिरहेका छन् । धार्मिक ग्रन्थका अनुसार भगवान शिवलाई आज हामी किराँतेश्वर महादेव भन्छौं र यिनै महादेवले महाभारतका पाण्डुपुत्र अर्जुनलाई बरदान दिएका थिए । यिनै अर्जुनलाई भगवान शिवले गुरु परशुराममार्फत पाशुपास्त्र समेत दिएका थिए । यी पूर्वीय दर्शनका अविश्मरणीय वर्णनहरु विश्वजगतका ज्ञानको खोजकर्ताहरुका लागि कति आकर्षणका विषय हुनसक्छन्, भनिसाध्य छैन ।
यसरी नेपाल विश्वव्यापी आकर्षणको विषयबस्तु बनेको छ, हिन्दुधर्म र हिन्दुधर्मभित्रका रहस्यहरु विश्वका चासो बनेका छन् । अनेक मुलुकमा गीता पढाउन थालिएको छ । श्रीकृष्णगाथा गाउँथे हिड्छन् । जो पढेका छन्, ती हिन्दुधर्मभित्र पस्न, बस्न र जान्न खोजिरहेका छन् ।
हिन्दुधर्म नै त्यस्तो धर्म हो, सर्वधर्म समभाव राख्छ । हिंसामा विश्वास गर्दैन । धार्मिक सहष्णिुता राख्छ ।
हामी हिन्दुधर्मलाई अन्धविश्वास भनिरहेका छौं, धर्मनिरपेक्षताको पछि लागेका छौं । यो त कस्तुरी आफैभित्रको विनाको सुवास खोज्न हिडेजस्तो भएन र ?
यसकारण हिन्दुधर्म नेपालको गौरव हो । हिन्दुधर्मका असामयिक कुराहरु पन्छाउने हो भने हिन्दुधर्मभित्र ज्ञान पनि छ, विज्ञान पनि । सभ्यता पनि छ, समृद्धि पनि । -राजन कार्की 

प्रतिक्रिया