बुधबार, वैशाख १२, २०८१

अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

नेपालखोज २०७६ असोज १४ गते १३:०७

काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ ।

प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध उसैको भूमिमा खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले यही असोज २३ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ७-० गोलको हार व्यहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेलाई २-० गोलअन्तरले पराजित गरेर चोटमा मलम लाउने काम गरेको थियो ।

अष्ट्रेलिया विरुद्ध राम्रो नतिजा ल्याउने लक्ष्यमा नेपाली टिम रहेको छ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

फरवार्ड : विमल घर्तिमगर, अविशेक रिजाल र नवयुग श्रेष्ठ ।

मिडफिल्डर : सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ रञ्जित धिमाल, सुमन अर्याल

 

 

प्रतिक्रिया