शुक्रबार, वैशाख १४, २०८१

दशैँकै मुखमा भारतले नेपाल नाका बन्द गर्ने !

नेपालखोज २०७६ असोज १६ गते १३:४५

१६ असोज २०७६, काठमाडौँ । नेपालीहरुको महान चाँड दशैँको रौनक बढिरहेकै बेला नेपाल—भारत सिमानाका बन्द हुने भएको छ । यसले रोजगारिकालागि भारत गएका नेपालीलाई घर फर्किन प्रभावित बनाएको छ ।

भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते ) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको हुने भएकाले सिमा बन्द हुन लागेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चुनावमा सुरक्षा संवेदनशीलताका कारण देखाउदै बैतडीको झुलाघाट नाका बिहीवारदेखि ३ दिनका लागि बन्द हुने लागेको पौडेलले बताए ।

बिहीवार साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म ३ दिन अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने छ । यसका साथै अक्टोबर १६ तारेख (असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ ।

नाका असोज २७ गते साँझ ५ः १५ बजेदेखि असोज २९ गते साँझ सवा ५ः१५ बजेसम्म बन्द हुने छ । आकस्मिक रुपमा निर्वाचनको बीचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।

प्रतिक्रिया