शुक्रबार, वैशाख १४, २०८१

महरा प्रकरण : विवेकशीलका नेताले किन आफैलाई कालोमोसो दलेर जुत्ताको माला लगाए ?

नेपालखोज २०७६ असोज १६ गते १३:३४

१६ असोज २०७६, काठमाडौँ । सभामुख कृष्णबहादुर महराको प्रकरण बजारमा अहिले हट केक बनिरहेको छै । यसै हक केकलाई थप हक बनाउने काम विवेकशील नेपाली पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्की गरेका छन् । महरा बालात्कार प्रकरण लज्जास्पद घटना भन्दै यसको विरोध स्वरुप उनले आफ्नै अनुहारमा आफै कालोमोसो दलेर आफैले जुत्ताको माला लगाएका छन् ।

उनले सबै नागरिकको समान हैसियत हुने भनेर लोकतन्त्र ल्याएपनि त्यसो हुन नसकेको बताउँदै वर्तमान घटनाक्रमले कानुन ठुलालाई चैन सानालाई ऐन चरितार्थ भएको बताउँदै आफुले आफैलाई प्रश्न गर्दै कालोमोसो लगाउनुपरेको बताए ।

उनले फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा भनेका छन् (‘सभामुख कृष्णबहादुर महरालाई यौन दुर्ब्यवहार गरेको गम्भीर आरोप लगाउँदै एक महिलाले भिडियोमा बोल्छिन् । खबर चारै तिर फैलिन्छ, देशका शीर्षस्थ नेताहरुले भिडियो फुटेज हेरेर महरा त्यहाँ पुगेको निष्कर्ष निकाल्दै राजीनामाको निर्देशन दिन्छन् तर भोलिपल्टै महिलाले बोली फेर्दै दुर्ब्यवहार नभएको अभिव्यक्ति दिन्छिन् । कार्कीले अगाडि भनेका छन् (‘महिलाको भोलपल्टै फेरिएको अभिब्यक्ती कस्तो दबाव र प्रभावबाट आयो’ ? उनले यो विषयले सदनको गरिमामाथि समेत आँच पुर्याएको बताए ।

उनले सबै नेपालीलाई समेत आफ्नो अनुहारमा कालो पोतेर जुत्ताको माला लगाउन आग्रह गरेका छन् । शशीविक्रमको यो कदमलाई समर्थन गर्नेहरुले महरालाई पाँच औलाको छाप बस्ने गरी हानेको बैद्धिक चड्कन भनेका छन् ।

प्रतिक्रिया