बिहीबार, वैशाख १३, २०८१

यसरी भेटियो घरभित्रैको ट्याङ्कीमा ५ जनाको शव, के छ त घटना भित्रको रहस्य ?

नेपालखोज २०७६ असोज १६ गते ९:०७

१६ असोज २०७६ काठमाडौँ । बारामा एकै घरका ५ जनाको शव भेटिएको छ । शव घरभित्रै रहेको ट्यांकी (खाल्डो) भित्र भेटिएका हुन् ।बाराको फेटा गाउँपालिका– ४ स्थित एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो सो ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

प्रहरीका अनुसार शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ । यसरी मृत अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन् ।

मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएको छ । बुधबार राति ८ बजेतिर प्रहरीले यस घटनासम्बन्धी जानकारी पाएको थियो । त्यसलगत्तै अनुसन्धानकालागि जिप्रका बाराका प्रमुख एसपी खनालसहितको टोली त्यसतर्फ गएको थियो ।

घटनाबारे थप अध्ययन जारी छ । एकै परिवारका ५ जनाको शव घरभित्रै भेटिनु रहस्यमय रहेकाले प्रहरीले यसको अध्ययनलाई प्रथमिकताकासाथ अघि बढाएको जिप्रका प्रमुख खनालले बताए । उनीहरूको मृत्युको कारण थाहा हुन सकेको छैन ।

ट्यांकीभित्र निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान छ । उक्त ट्यांकी मदिरा उत्पादनका लागि बनाइएको खुलेको समेत खुलेको छ । यद्यपि थप रहस्य अनुसन्धानपछि खुल्ने देखिन्छ ।

प्रतिक्रिया