बिहीबार, वैशाख १३, २०८१

भौतिक मन्त्रालयमा महासेठको मस्ती, घुसको रकम पत्नी जुली मार्फत

नेपालखोज २०७६ असोज १७ गते ८:५७

१७ असोज, काठमाडौं । कम्युनिष्ट नेताहरु परिवर्तन भएर कमाउनिष्ट नेता बन्दै गर्दा विवाद र चर्चामा रहिरहने गरेका छन् । सत्ताको स्वादमा जनताकाका आवश्यकताहरुलाई कुठाराघात गर्दै रमाईरहेका छन् । जसका कारण नेकपाका नेताहरु एकपछि अर्को विवादमा तानिँदै आईरहेका छन् ।

नेकपामा अध्यक्ष ओलीको नेतृत्वको सरकारमा रहेका ओली निकट मन्त्रीहरु कमाउधन्दामा सक्रिय रहेका देखिन्छन् भने आफूले सेटिङ गर्न नपाएपछि छट्पटाहट पनि गरिरहेका छन् । अहिले यही भूमरीमा छन् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ ।
हुलाकी सडक आयोजनामा २७ अर्ब रुपैयाँको ठेक्कामा सेटिङ गर्न नपाएपछि मन्त्री महासेठ छटपटीमा परेको मन्त्रालय निकट श्रोतले बताएको छ । उनले हुलाकी सडकमा सहज रुपमा सेटिङ गर्नकै लागि जुनियर ईन्जिनियर अशोक तिवारीलाई का.मु. आयोजना प्रमुख बनाएका थिए ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खबरदारी गरेका कारण तिवारीले सेटिङ गर्न सकेनन् । ठूलै प्याकेज बनाउँदा पनि ठेक्कामा प्रतिस्पर्धा भएपछि राष्ट्रलाई फाइदा भएको स्रोतको दावी छ ।

मन्त्री महासेठले हुलाकी सडकको ठेक्का सार्न सडक विभागका महानिर्देशक केशव शर्मा सहितलाई राखेर दबाब दिएका थिए । तर, उनले सार्न नमानेपछि हुलाकी सडकको ठेक्का प्रतिस्पर्धाका आधारमा दिइसकिएको छ ।

मन्त्री महासेठले सडक विभागअन्तर्गतका आकर्षक डिभिजन कार्यालय र आयोजनामा बदनाम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै समातेका डीईहरूको सरुवा गरेका छन् । अख्तियारले घुस लिँदालिँदै पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर नगरी गुपचुप उन्मुक्ति दिइएका डीई ललितजंग खनाललाई मदन भण्डारी राजमार्ग आयोजनाको पूर्वी खण्डको प्रमुखमा सरुवा गरिएको छ । उनलाई काठमाडौं डिभिजन सडकको इन्जिनियर हुँदा घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

तर, तत्कालीन डिभिजन प्रमुख गोपालबहादुर खड्काले तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई प्रभावमा पारी उनका बिरुद्ध मुद्दा नै दायर हुनबाट रोकेका थिए । खनाल मन्त्री महासेठपत्नी जुलीकुमारी महतोलाई घुस बुझाएर महत्वपूर्ण मदन भण्डारी राजमार्ग आयोजनाको पूर्वी खण्डको प्रमुखमा गएका हुन् । जसको समन्वय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले गरेको मन्त्रालयकै अधिकारी बताउँछन् ।

मन्त्री महासेठले सिंचाई मन्त्री हुँदा ज्ञवालीलाई निजी सचिव राखेका थिए । भौतिक पूर्वाधार मन्त्री भएपछि पनि उनले रोजेर ज्ञवालीलाई मन्त्रालयको कर्मचारी प्रशासनमा ल्याएका छन् । र, तिनै ज्ञवालीले मन्त्रीपत्नी जुलीकुमारीसँग मिलेर घुस संकलन गर्दै आकर्षक आयोजनामा का.मु. दिंदै डीई र ईन्जिनियर सरुवा गर्दैआएका छन् । मदन भण्डारी आयोजनाको प्रमुखको सरुवामा ज्ञवाली विचौलिय बनेर ८० लाख रुपैयाँ मन्त्रीपत्नी जुलीलाई बुझाएर सरुवा गराएको सडकका इन्जिनियरहरू बताउछन् ।

धरान–चतरा–गाईघाट–हेटौंडा सडक मदन भण्डारी राजमार्गअन्तर्गत पर्दछ । खनाल डीई भएपछि बैतडीमा सरुवा भएका थिए । बैतडीको प्रमुख हुँदा खनालले एक स्थानमा निर्माण कार्य गर्नेगरी सम्झौता गरी अर्कै स्थानमा निर्माण गरेको सडकको भुक्तानी दिएकाले उनलाई कारबाही गर्नुपर्ने प्रतिवेदन महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनले दिएको छ ।

प्रतिक्रिया