बिहीबार, वैशाख १३, २०८१

जान्नुहोस यि ११ बैंकका कुन—कुन शाखा खुल्ला रहने छन् दशैँ विदामा

नेपालखोज २०७६ असोज १७ गते १४:००

१७ असोज २०७६, काठमाडौँ । दशैँ विदामा बैंक बन्द हुन्छन् भनेर पिरलिनु भएको छ ? पिर लिनु पर्दैन दशैँको बेला पनि विभिन्न बैंकहरुले तपाईलाई सुविधा दिने छन् । प्रायः दशैँ विदाका समयमा बैंकहरु पनि बन्द हुने भएकाले दशैँमा गर्ने खर्चका लागि पहिले नै क्यास निकालेर राख्नुपर्ने बाध्यता अब तपाईले व्यहोर्नु पर्दैन ।

यसपाली केही बैंकहरुले आफ्ना काउन्टरहरु संचालन गरी ग्राहकलाई सविधा दिने भएका छन् ।

कुन बैंकको कुन शाखा खुल्छ त दशैँ विदामा ?

नम्बर १ —एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र थापाथली, कमलादी, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज,सामाखुसी, सातदोबाटो,भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, लेकसाईड–पोखरा,न्यूरोड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खोल्नेछ ।

अष्टमीका दिन खुल्ला रहने शाखाहरु
अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र पुल्चोक, थापाथली, कमलादी, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, सामाखुसी, तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहनेछन् ।
नवमीका दिन खुल्ला रहने शाखाहरु
बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, न्यूरोड–पोखरा, बुटवल, लिंकरोड, दुलेगांैडा, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, विराटनगर, गौर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन् ।
यसैगरी,एकादशीका दिन खुल्ला रहने शाखाहरु

काठमाडौं उपत्यकाभित्र न्यूरोड–खिचापोखरी, कमलादी, बालाजु, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् । खुल्ला रहने शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

नम्बर २ — नविल बैंक

नविल बैंकले दशैँ विदाका समय पनि १० देखि १ बजेसम्म सेवा प्रदान गर्दै छ ।  विजया दशमीकै दिन पनि विहान ११ बजे देखि १ बजेसम्म काठमाडौँ उपत्यकामा तीनधारा र ललितपुर शाखाबाट सेवा दिने छ ।

फूलपातिका दिन खुल्ला रहने शाखाहरु

त्रिपुरेश्वर, न्युरोड, बालाजु, महाराजगंज, पोखरा, हटौँडा, इटहरी, धरान, बुटवल, धनगढी, नारायणगढ र विराटनगरका शाखाबाट नविल बैंकले सेवा दिने छ ।

अष्टमीका दिन नेपालगंजको शाखा १० देखि १ बजेसम्म खुल्ने छ । यसैगरी, २० गते वीरगंज शाखाले १० देखि १ बजेसम्म खुल्ला रहने नविल बैंकले जनाएको छ ।

नम्बर ३ — माछापूच्छ्रे बैंक

फूलपातीको दिन बुटवल शाखा विहान ९ देखि १२ बजेसम्म खुल्ने छ । यसैगरी, फूलपातीकै दिन लाजिम्पाट, बनेपा दमौली, महन्द्रपुर र नेपालगंज शाखा ११ देखि २ बजेसम्म खोल्ने छन् ।

अष्टमीको दिन खुल्ला रहने शाखाहरु
—बगर भक्तपुर, बनेपा
—भैरहवा र पुतलीसडक शाखा ९ देखि १२ सम्म
—विराटनगर शाखा ९ः३० देखि १२ः३०
—न्युरोड र राजविराज शाखा १० देखि १सम्म
—बीरगंज, विर्तामोड
—धनगढी, दमौली, जनकपूर,
—लेकसाइड र महन्द्रपुर शाखा ११ देखि २ र नारायणगढ शाखा १२ देखि ३ बजेसम्म खुला रहने छ ।

नवमीका दिन खुल्ने शाखाहरु
—पाटन शाखा विहान ९ बजेदेखि १२ बजेसम्म
— दमौली, मिचैया, बर्दिवास, वीरगञ्ज, जनकपूर र इटहरी शाखा ११ देखि २ बजेसम्म

विजया दशमीको दिन सबै शाखा बन्द हुने बैंकले जनाएको छ । एकादशीको दिन न्युरोड शाखा १० देखि १ तथा महेन्द्रपुल र नेपालगंज शाखा ११ देखि २ बजेसम्म खुल्ने छन् । द्धादशीको दिनदेखि सबै शाखाबाट पूर्ण रुपमा कारोबार सुचारु हुनेछ ।

नम्बर ४ — नेपाल इन्भेष्टमेन्ट बैंक

फूलपातीका दिन खुल्ला रहने शाखाहरु
— उपत्यकाभित्रका न्युरोड, पुतलीसडक, ठमेल, कालीमाटी र पुलचोक शाखा १२ देखि ३ बजेसम्म
—दरबार्गमार्ग र बौद्ध शाखा ९ देखि १२ बजेसम्म
—नक्साल शाखाबाट १० देखि १२ बजेसम्म

—नयाँ बानेश्वर र गोंगबु शाखाबाट १ देखि ४ बजेसम्म
— बत्तिसपुतली र धुम्बराही शाखा १० देखि १ बजेसम्म
—सिपाडोल शाखा १०ः३० देखि १ः३०सम्म, किर्तिपूर शाखा ११ देखि १ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।
अष्टमीका दिन खुल्ने शाखाहरु

— दरवारमार्ग, भिसा सेल र वौद्ध शाखा ९ देखि १२, पुलचोक, न्युरोड, पुतलीसडक, ठमेल र कालीमाटी शाखा १२ देखि ३, नयाँ वानेश्वर र गोंगबु शाखा १ देखि ४, बत्तीसपुथली र धुमबराही शाखा १० देखि १, सिपाडोल १०ः३० देखि १ः३०, नक्साल शाखा १० देखि १२ र किर्तिपूर शाखा ११ देखि १ बजेसम्म।

नवमीका दिन खुल्ला रहने शाखाहरु

— दरवारमार्ग शाखा ९ देखि १२, पुलचोक शाखा १२ देखि ३, सिपाडोल शाखा १०ः३० देखि १ः३० र किर्तिपूर शाखा ११ देखि १ बजेसम्म    खुल्नेछ ।

दशमीका दिन दरबारमार्ग शाखा ९ देखि १२ बजेसम्म खुल्नेछ । एकादशीको दिन फुलपातीको जस्तै रुटिन बनाइएको छ ।

यस्तै, बीरगंज, भैरहवा, बुटवल, विराटनगर, पोखरा (चिप्लेढुंगा) र जनकपूर शाखा सप्तमी र अष्टमीमा खुल्नेछन् । नारायणगढ, नेपालगंज र धनगढी शाखा फुलपातीमा मात्रै खुल्नेछन् भने पोखराको लेकसाइड शाखा एकादशीको दिन खुल्नेछ । दशैँ विदाभरी यी शाखाले १० देखि १ बजेसम्म मात्रै सेवा दिनेछन् ।

नम्बर ५ — सिटिजन्स बैंक
फूलपातीका दिन अर्थात असोज १८ देखि २० गतेसम्म खुल्ला रहने शाखाहरु
— काठमाडौँ उपत्यकाभित्र न्युरोड, कोटेश्वर, दरबारमार्ग, कलंकी, कुमारीपाटी र भैँसेपाटी
—काठमाडौँ उपत्यकाबाहिर विराटनगर, विरगंज, जनकपूर, नारायणघाट र पोखरा शाखा
विजया दशमीका दिन खुल्ने शाखाहरु
दरबारमार्ग र कुमारीपाटी शाखा विहान ११ देखि दिउसो २ बजेसम्म

नम्बर ६ — जनता बैंक
जनता बैंकले १८ गते नयाँ बानेश्वर र १९ गते न्युरोड, महेन्द्रनगर र घोराही शाखा खुल्ला गर्ने छ । वीरगंज, नारायणगढ, मिलनचोक, भैरहवा र धनगढी शाखा भने १८ र १९ दुवै दिन खुला रहनेछन् ।

नम्बर ७ — बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले दशैँ विदा भरिनै आफ्नो कमलपोखरी शाखा दिउँसो १ देखि ३ बजेसम्म खुल्ला राख्ने छ ।

फूलपातीका दिन खुल्ला रहने शाखाहरु
—जावलाखेल, न्युरोड, भक्तपूर, पोखरा, विराटनगर, विरानगर आयल निगम काउन्टर, अमलेखगंज, नेपालगंज, धनगढी र थानकोट आयल निगम काउन्टर
अष्टमीको दिन खुल्ला रहने शाखाहरु
—न्युरोड, जावलाखेल र भक्तपूर शाखा १० बजेदेखि दिउँसो ३ बजेसम्म

नम्बर ८ — ग्लोबल आईएमई बैंक

— कान्तिपथ शाखा १८, १९, २० र २२ गते १० देखि १ बजेसम्म खुल्ला रहने छन् । यसैगरी २१ गते १ देखि ४ बजेसम्म खुला रहने ।
— न्युरोड शाखा १८, १९ र २० गते १ देखि ४ बजेसम्म
—चाबाहिल शाखा १८ र १९ गते १ देखि ४ बजेसम्म
— लगनखेल शाखा १८ र १९ गते १० देखि १ बजेसम्म

काठमाडौँ उपत्यकाबाहिर खुल्ला रहने शाखाहरु
— १८ र १९ गते बागलुङ, बुटवल (राम मन्दिर लाइन), नारायणगढ, पोखरा (न्युरोड), विरानटगर र वीरगंज शाखा

वीराटनगर र वीरगंज शाखा २२ गते पनि खुल्नेछन् । यी शाखाहरुबाट विहान १० देखि दिउसो १ बजेसम्म खुल्ला रहने छन् ।

नम्बर ९ — एनएमबि बैंक
— पोखराको चिप्लेढुंगा, मारङको विराटनगर, फिदिम र बुटवलको ट्राफिक चोक शाखा दशमी बाहेक अन्य दिन ११ बजेदेखि दिउँसो २ बजेसम्म सुचारु हुनेछन् ।

नम्बर १० — एनसीसी बैंक

— १८, १९, २० र २२ गते न्युरोड र टेकु शाखाबाट विहान ११ बजेदेखि दिउसो २ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

नम्बर ११ — कुमारी बैंक
— फुलपाती, अष्टमी र नवमीका दिन पुतलीसडक शाखा ११ देखि २ बजेसम्म खुल्ने छ ।
— १८ र २२ गते २ देखि ५ बजेसम्म नयाँ सडक शाखा खुल्ला रहने छ । कुमारीपाटी शाखा १८ गते १० देखि १ बजेसम्म तथा जागटी शाखा र बुटवल शाखा १८ गते ११ देखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया