शुक्रबार, वैशाख १४, २०८१

बलात्कार प्रयासको आरोपमा महरा विरुद्ध प्रहरीमा उजुरी

नेपालखोज २०७६ असोज १८ गते १३:२६

१८ असोज, काठमाडौं । यौन दूराचारको अभियोग लागेका सभामुख कृष्णबहादुर महरा विरुद्ध महानगरीय प्रहरी बृद्ध बानेश्वरमा जाहेरी परेको छ । आफूलाई जर्वजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले नै जाहेरी दिएको प्रहरी कार्यालयले जनाएको छ ।

सञ्चार माध्यमसँग आफ्नो बयान फेर्दै आएकी पीडित महिलाले अन्ततोगत्वा महरा विरुद्ध जाहेरी दिएकी हुन् । महरासँगको १७ वर्ष पुरानो सम्वन्ध बलात्कारको प्रयासमा परिणत हुँदै घटना सार्वजनिक भएपछि उनका पीडित पत्नीका श्रीमान्ले समेत सामाजिक सञ्जाल मार्फत आफूहरुको सम्वन्ध विच्छेद भएको र सार्वजनिक विदा सकिए लगतै कानूनी प्रक्रियामा जाने जनाएका थिए ।

पीडित महिलाले आफूलाई सभामुख महराले बलात्कार प्रयास गरेको भन्दै एक सञ्चार माध्यममा भिडियो कुराकानी नै गरेको समाचार बाहिर आएपछि सभामुख महराले राजीनामा समेत दिईसकेका छन् ।

प्रतिक्रिया