निर्दोषलाई दोषी बनाउने क्रियाकलापको अन्त्य हुनु पर्ने
२४ असोज, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी सेवालाई समयसापेक्ष बनाउनु आवश्यक भएको बताएका छ ।
६४औँ प्रहरी दिवस–२०७६ का अवसरमा प्रदेश नं २ प्रहरी कार्यालयद्वारा जनकपुरधाम आयोजित समारोहमा मुख्यमन्त्री राउतले पुरानै कार्यशैलीबाट शान्तिसुरक्षा कायम असम्भव रहेको प्रसङ्ग उल्लेख गरे । उनले प्रहरीले निर्दोषलाई दोषी बनाउने क्रियाकलापको अन्त्य गर्दै मुस्कानसहितको सेवालाई चरितार्थ गर्नु जरुरी भएको बताए ।
मुख्यमन्त्री राउतले प्रहरी हाम्रै बीचको साथी नै हो भन्ने भावनाको विकासका लागि हिजोका विकृति र कमी–कमजोरीबाट उन्मुक्ति पाउनु आवश्यक छ भन्दै पुरानो सोच त्याग गरी इमान्दारीका साथ जिम्मेवारी बहन गर्नुपर्ने खाँचो औँल्याए ।
प्रदेश सरकार प्रहरी सङ्कायलाई सङ्घीयताअनुरूप प्रविधियुक्त र स्रोतसाधनले सम्पन्न बनाउने सन्दर्भमा गम्भीर रहेको चर्चा गर्दै उनले प्राकृतिक विपद्का बेला प्रहरीले पु¥याएको सेवा प्रशंसनीय भएको प्रसङ्ग उल्लेख गरे ।
हिजोका दिन बिर्सिंदै प्रहरी सङ्कायलाई समसामयिक हिसाबले तयार गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकार प्रहरी सेवा जिम्मेवार बनोस् भन्ने चाहना राखेको बताए ।
प्रतिक्रिया