मंगलबार, कार्तिक ४, २०७७

गरिबी निवारणका लागि माग र रुचीमा आधारित उद्यमशिलता तालिम दिइनेछ : मन्त्री अर्याल

नेपालखोज २०७७ कार्तिक १ गते १८:५२

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रुचीमा आधारिक उद्यमशिलता तालिम दिइने बताएकी छन । अन्तराष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन । गरिबी निवारणका निम्ती जनस्तरमा कस्तो माग रहेको छ त्यसमा आधारित रहेर सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने मन्त्री अर्यालको भनाई थियो ।

गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री अर्यालले सरकारले पहिचान गरेका गरिबहरुको जीवनस्तर माथि उकास्नका निम्ती एकीकृत गरिबी निवारणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताईन । मन्त्री अर्यालले भनिन, ‘गरिबी निवारणका लागि मागमा आधारित सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्छ । उनीहरुलाई चाहिएको के हो ? रुची के मा छ ? त्यस्ता कुराहरुको पहिचान गरेर उनीहरुलाई सिप सिकाउने, उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ अहिलेपनि १८ दसमलव सात प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी रहेको उल्लेख गर्दै मन्त्री अर्यालले गरिबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नुपर्ने आवश्यकता रहेको औल्याएकी छन् ।

सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्गदर्शनका रुपमा गरिबी निवारण नीति ल्याएको भन्दै मन्त्री अर्यालले एकीकृत रुपमा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताईन । ‘विभिन्न निकायहरुबाट सञ्चालित गरिबी निवारणका कार्यक्रमहरुलाई गरिबमुखी बनाई समन्वयात्मक ढङ्गबाट सञ्चालनमा ल्याउन गरिब परिवार पहिचान हुन आवश्यक हुने विषयलाई ध्यानमा राखी आगामी आर्थिक वर्षभित्र मुलुकका सबै गरिब परिवार पहिचान गरिसक्ने लक्ष्यसहित मन्त्रालय अगाडि बढेको छ’, मन्त्री अर्यालले दिएको शुभकामना सन्देशमा उल्लेख छ, ‘पहिचान भएका गरिबहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु तीनै तहका सरकार र यी मातहतका सबै निकायहरुको दायित्व भएको हुँदा सबैको सामूहिक प्रयास आवश्यक छ । आगामी दिनमा यसतर्फ सबैको सार्थक प्रयत्न रहने विश्वास लिएको छु ।’

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन सोच लिएर पन्ध्रौ आवधिक योजनाको कार्यान्वयन गरिरहेको भन्दै मन्त्री अर्यालले सन २०३० सम्ममा मध्यम आय भएको मुलुकको रुपमा चिनाउने सरकारको अठोट पुरा गर्न धेरै काम गर्नुपर्ने बताईन । उनले भनिन, ‘यी योजनाहरु सफल पार्न साझा चुनौतिका रुपमा रहेको गरिबीबाट मुलुकलाई मुक्त गर्न आवश्यक छ । यसका लागि सरकारी, सहकारी, निजी, गैरसरकारी क्षेत्र र विकास साझेदारबीच समन्वय एवं साझेदारी गरी अभियानका रुपमा सशक्त प्रयास सञ्चालन गर्न आग्रह गर्दछु ।’

विश्वव्यापी साझा चुनौतीको रुपमा रहेको गरिबी निवारणमा टेवा पु¥याउन संयुक्त राष्ट्र संघले सन १९९३ देखि अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउन आव्हान गरेको थियो । त्यसपश्चात विश्वव्यापी रुपमा यो दिवस मनाउने गरिएको छ । विश्वव्यापी महामारीको रुपमा रहेको नोवेल कोरोना भाइरसले गरिबीको दुष्चक्र झनै बढाएको अवस्थामा सामाजिक न्याय र समानताको लक्ष्य हाँसिल गर्नको लागि मिलेर काम गरौं, भन्ने सन्देशसहित यो दिवस मनाइदै छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । उनले तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गरेकाछन । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमको महत्वमाथि प्रकाश पार्खे फौजी संगठनमा यस्ता व्यावसायीक तालिमबाट प्राप्त ज्ञान, कला तथा कौशलले सुरक्षाकर्मीहरुको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा दायित्व निर्वाहमा सघाउ पुग्ने उल्लेख गरे ।

उनले व्यक्तिगत वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने यस्ता पेशागत तालिमले दक्ष जनशक्ति तयार भई कार्यक्षेत्रमा रहेका चुनौती तथा भोलिका दिनहरुमा आउन सक्ने सुरक्षा चुनौतीहरुलाई समेत परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नसक्ने कुशल कमाण्डर उत्पादन हुने बिश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा चेन अफ कमाण्ड र टिम स्पिरिटको विशेष महत्व रहने चर्चा गर्दे कमाण्डर तहका अधिकृतहरुमा रहेको ज्ञान सिपहरु मातहतका कर्मचारीहरुलाई समेत सिकाउन सकिएमा कार्यक्षेत्रमा खटिँईदा सहज रुपमा कार्यसम्पादन गर्न सकिने तथा राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपद्विपद्मा परेका नागरिकको सहयोगमा प्रभावकारिता आउने बताए ।

दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक लालबहादुर शाही सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर चन्द उत्कृष्ट ठहरिएका छन् ।

यसैगरी गुल्मपति तथा स्टाफ तालिममा सशस्त्र प्रहरी निरीक्षक प्रदिप बुढाथोकी सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक मनोज गुरुङ उत्कृष्ट ठहरिएका छन् । उक्त तालिमहरुमा प्रशिक्षणको दौरान विविध विषयका आन्तरिक तथा बाह्य विज्ञ प्रशिक्षकहरुद्वारा समेत सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया