शुक्रबार, वैशाख १४, २०८१

कुकुरको बच्चा जन्मने बेला अन्धो र बहिरो हुन्छ ! कुकुरको बारेमा अझैँ रोचक तथ्यहरू यस्ता छन्

नेपालखोज २०७६ असोज २८ गते ११:२०

काठमाडौँ । कुकुर घरपालुवा जानावर हो । मानिसको सबै भन्दा बढी माया पाउने जनावर कुकुर नै हो । कुकुरलाई हिन्दु धर्मावलम्बीले पुजा समेत गर्छन् ।

अझ अर्को कुरा त के भने कतिपय हिन्दु धर्मावलम्बीले ग्रह शान्ती लगाएतका विभिन्न कारण देखाउँदै कुकुरसँग विहे गर्ने गरेको समेत सुनिन्छ ।
कुकुरकै कारणले कति जोडीको डिभोर्स पनि भएका छन् । मानिसको लागि यति प्रिय कुकुरको केही रोचक तथ्यहरू यस्ता छन् ।

१. मानिसको रक्त समुह ४ प्रकारको हुन्छ भने कुकुरको रक्त समुह १३ प्रकारको हुन्छ ।
२. कुकुर र भेडाको वंशज एउटै थियो र आज पनि कुकुर र भेडाको डिएनए ९९.९५ मिल्छ ।

३. ३० हजार वर्ष अघि देखी कुकुरलाई घरपालुवा जनावरको रूपमा पालिन थालेको इतिहास छ ।
४. अन्तरिक्षमा पहिलो चोटी कुकुर पुगेको थियो जुन कुकुरको नाम लाइका हो ।

५. मानिसको आँखामा हेरेर कुकुरले मानिसको हाउभाउ बुझ्न सक्छ ।
६. कुकुरको सुघ्ने शक्त्ति मानिसको भन्दा १००० गुणा हुन्छ ।

७. कुकुरको बच्चा जन्मने बेला अन्धो बहिरो र दाँत नभएको हुन्छ ।

८. कुकुरले पनि निदाएको बेला सपना देख्छ । ठुलो कुकुरले १ घण्टामा एउटा सपना देख्छ भने सानो कुकुरले १० मिनेटमा एउटा सपना   देख्छ ।

९. कुकुरले दायाँतर्फ पुच्छर हल्लाउनु ऊ खुसी हुनुको लक्षण हो, त्यस्तै बायाँतर्फ हल्लाउनु डराएको लक्षण हो । विस्तारै हल्लाउनु भनेको उसले संकोच मानिरहेको छ र जोडसँग हल्लायो भने ऊ रिसाएकोे बुझ्नुपर्छ ।

प्रतिक्रिया