बिहीबार, वैशाख २७, २०८१

विप्लव समूहका २१ नेता बैठक स्थलबाटै पक्राउ

नेपालखोज २०७६ असोज ३० गते ९:३५

काठमाडौं । दाङको गढवा गाउँपालिकास्थित एक घरमा बैठक बसिरहेका विप्लव समूहका २१ नेतालाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरीको टोलीले छापा हानेर उनीहरुलाई बैठक स्थलबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अधिकांश विप्लव समूहको राप्ती ब्युरोका नेताहरु छन् ।

५ नं. प्रदेश प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले विप्लव समूहका नेताहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया