एनआरएनको मतदानस्थलमा फेरि अर्को तनाव
नेपालखोज
२०७६ असोज ३० गते १५:०५
३० असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि तनाव भएको छ । निर्वाचन समितिले फेक मतदातालाई समेत भोट हाल्न दिएको भन्दै कूल आचार्य समूहले विरोध गरेपछि मतदानस्थलमा फेरि तनाव भएको हो ।
आचार्य समूहले मतदान रद्द गर्न गर्न माग गर्दै नाराबाजी गरेका छन् । एनआरएन चुनावी प्रक्रिया सु्रु भएसँगै मतदानस्थलमा पटक पटक तनाव हुँदै आएको छ । बुधबार पनि एनआरएनहरुले मतदानस्थलमा राखिएका कुर्सीहरु तोडफोड गरेका थिए । एनआरएनमा ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि प्राविधिक समस्या आएपछि मतपत्रबाटै बिहीबार साढे ११ बजेदेखि मतदान सुरु भएको छ । अहिले तनाव र विवादका बीच पनि मतदान भने चलिरहेको छ।
सम्बन्धित
प्रतिक्रिया