बिहीबार, वैशाख १३, २०८१

एनआरएनए अध्यक्षमा नेकपा (पूर्वमाओवादी) निकट कुमार पन्त विजयी

नेपालखोज २०७६ कार्तिक १ गते ११:३७

१ कार्तिक, काठमाडौं । निकै चर्चा र विवादका वीच सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय अधिवेशनले कुमार पन्तको नेतृत्वको नयाँ पदाधिकारी चयन गरेको हो ।
निर्वाचन अघि एनआरएनए पार्टीको भ्रातृसंगठन जस्तै भएको आरोप समेत लागेको थियो । निर्वाचन अघि राजनीतिक गुट देखिएपछि स्वतन्त्र संस्थाका रुपमा रहेको एनआरएनएमा विवाद उत्पन्न भएको थियो ।
नव निर्वाचित एनआरएनएका अध्यक्ष कुमार पन्त नेकपा (पूर्वमाओवादी) निकट हुन् ।

प्रतिक्रिया