२०७७ जेठ २० , मंगलबार English

अपराधको लागि अपराध भन्दा पनि पेटको लागि अपराध गर्ने अवस्था आउँछ

२०७७ बैशाख २५ , बिहिवार प्रकाशित



interview biswaraj




कोरोना संक्रमणका कारण मुलुकभर लकडाउनको अवस्था छ । आम नागरिकहरु घरभित्रै बसिरहँदा समेत काठमाडौंमा उपत्यकामा करीव एक दर्जन बलात्कारका घटना घटेको प्रहरी तथ्यांकले देखाउँछ । अहिले विश्वभर सवैभन्दा ठूलो शत्रुका रुपमा उभिएका कोरोना संक्रमण रोक्न सवै तह र तप्का व्यक्तिहरु सक्रिय छन् । यो रोगलाई निस्तेज गर्ने एउटै उपाय भनेका घरभित्रै सुरक्षित बस्ने घरबाहिर ननिस्कने नै हो । यस्ता विषय परिस्थितिमा नेपाल प्रहरीलाई आफूलाई सुरक्षित गराउँदै आम नागरिकको सुरक्षा कसरी गरिहेको छ भन्ने विषयमा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलसँग वैकुण्ठ भण्डारीले गरेको कुराकानी अंश :

० लकडाउनको लामो समय वितिसकेको छ ? यहाँहरु सुरक्षाको चुनौतीका अग्रपंक्तिमा खटिरहनु भएका छ ? के छ अवस्था ?

पछिल्लो समयसम्म आइपुग्दा हामीलाई अत्यन्तै खुसी लागेको छ । गौरवको अनुभूति भइरहेको छ । सुरुमा जब लकडाउनको घोषणा भयो । यो संक्रमणको बारेमा विभिन्न डरलाग्दो कुराहरु सुनिन्थे । त्यतिखेर हामी पनि ड्यूटीमा जाँदाखेरि त्रासको वातावरणमा थियांै । हाम्रा जवानहरु पनि त्रासमा थिए । ड्यूटीमा जाँदा कतै हामीलाई पनि संक्रमण आउने त होइन ? हामी ब्यारेकमा बस्छौ । सामूहिक रुपमा बस्छौ, खान्छौ भने कुनै जवानहरुमा या कुनै अधिकृतमा यसको संक्रमण आयो भने त्यतिबेला कति डर लाग्दो अवस्थाको सामना गर्नु पर्छ होला भन्ने हामीमा त्रास थियो । तर जब हामीले काम शुरु ग¥यौ विस्तारै विस्तारै हामीले पनि मेहनत गर्दै गयौ । आम नागरिकले पनि त्यसलाई सहयोग गर्नु भयो । राज्य संयन्त्रका सबै निकायहरुले त्यसलाई सहयोग गर्दै जानु भयो । सबै ठाउँबाट सावधानी बढ्दै गयो । र समुदायमा संक्रमण आउँन सकेन जसले गर्दा दिनदिनै हाम्रो मनोवल पनि बढ्दै गयो । हामीले यो लकडाउनलाई एउटा निष्कर्षमा पु¥याउन सक्यौ कि जस्तो अनुभूत भइरहेको छ । अहिले समुदायमा संक्रमण छैन् । काठमाडौंको हिसाबमा हेर्ने हो भने तीनैवटा जिल्लामा अहिले संक्रमणको कुनै पनि डरलाग्दो अवस्था छैन् । अहिले हामी फेरि विस्तारै विस्तारै सुरक्षित हुने अभ्यासमा पनि लागिरहेका छौ यो लकडाउनमा सफलता प्राप्त ग¥यौं कि भन्ने अनभूत भइरहेको छ ।

० लकडाउनको नियम पालना गराउँनको लागि सुरक्षा निकायले अग्रपंक्तिमा बसेर काम गरिरहेको छ । एउटा मान्छेबाट अर्को मान्छेमा सर्ने अथवा मान्छेसंग मान्छे डराएर भाग्नु पर्ने अवस्था थियो । कतिपय सुरुमा लकडाउनको उल्लंघन गर्नेहरुलाई यहाँहरुले पक्राउ गर्ने विधि पनि फरक अपनाउँनु भयो हैन ?

विलकुलै, सुरुमा हामीलाई के थियो भने दुई तीन दिनसम्म नागरिकहरुलाई यो लकडाउन भन्ने के हो भन्ने लागिरहेको थियो । लकडाउन नेपालमा पनि पहिलो अभ्यास थियो । देशभरी नै लकडाउनको घोषणा गरेर संक्रमण यसरी सर्दैछ भनेर नागरिकहरुमा जुन हामीले ज्ञान पु¥याउनु पर्ने थियो त्यो ज्ञान पु¥याउनको लागि अथवा त्यो चेतना पु¥याउनको लागि सरकारले आफ्नो तर्फबाट प्रयास ग¥यो । राज्य संयन्त्रले आफ्नो तर्फबाट प्रयास ग¥यो । सुरक्षा निकायले अन द स्पोर्ट अथवा सडकमा बसेर आफ्नो तर्फबाट प्रयास ग¥यो । माइकिङ ग¥यो सबैलाई जानकारी गरायो । सुरुमा घर बाहिर निस्किनेहरुलाई यसबारे ज्ञान दिइयो । त्यो दुई तिनदिनसम्म जनचेतना दिए पश्चात केही संख्यामा लकडाउनलाई वेवास्ता गर्नेहरु देखियो । त्यो संख्यालाई नियन्त्रणमा पनि लियौ हामीले । तर पछि हामीलाई डरलाग्दो एउटा त्रास फैलियो भने को संक्रमित हो को संक्रमित होइन भन्ने कुरा यकिन गर्न सक्दैनौ भने हामीले अहिले उनीहरुलाई नियन्त्रणमा लिनु त्यति राम्रो कुरा होइत अथवा त्यो ठुलो जोखिम हुन्छ त्यसमा त्यसैले यसलाई छोडौ । अब हामीले यसलाई सफल बनाउन यदि कोहि मान्छे पासबिना बाहिर निस्किन्छ अथवा कुनै अपरिहर्य काम नपरिकन बाहिर निस्किन्छ भने त्यस्ता नागरिकहरुलाई हामीले ठाउँको ठाउँ नियन्त्रणमा लियौ र २/३ घण्टासम्म उहाँहरुलाई होल्ड ग¥यौ र जानकारी गरायौ । त्यो गरायौ भने प्रभावकारी हुन्छ भनेर हामीले त्यहि ढंगबाट काम गर्न सुरु ग¥यौ ।

० त्यसका लागि के गर्नु भयो त ?

लकडाउनको नियम उल्लंघन गर्ने वा बाहिर निस्कने व्यक्तिहरुलाई पक्राउ गर्दा हामीले आफूले गएर सिधै नसमात्ने बरु हामीसंग केही तयारी अवस्थामा रहेको ‘म्यान क्याच स्टिक’ जस्ता सामग्रीहरु प्रयोग गर्दै गयौ । त्यो पक्राउ र उद्धारमा प्रयोग हुन्छ । बरु त्यो एरेस्ट र रेस्क्यूको प्रयोग ग¥यौ भनेर हामीले त्यसको अभ्यास पनि सुरु ग¥यौ । त्यसबाट राम्रो म्यासेज पनि गयो । र त्यसबाट हामीलाई पनि एउटा साहस बढ्यो, कि हामीले कसैलाई समाउँदाखेरी डराउनु पर्दैन । किनभने, समाउँदाखेरि एउटा दुरी राखेर समातिन्छ । हामीले छुनु पर्दैन् । कसैलाई संक्रमण छ भने त्यो सरिहाल्ने अवस्था हुँदैन भनेपछि प्रहरीमा पनि एक किसिमको मनोवल बढ्यो र प्रहरीबाट आमनागरिकमा पनि त्यसले राम्रो सन्देश दियो । विस्तारै त्यसलाई प्रभावकारी बनाउँदै लिएपछि हामीले निरन्तर त्यहि प्रयोग गरिराखेका छौं र अहिले हामीमा मनोवल बढेको छ । अहिले सबैले यो संक्रमणबाट बच्नको लागि सुरक्षाको आधारभूत कुराहरु सबैले अपनाएको छ । सामाजिक दूरी कायम गर्ने पनि प्रयास गरिराखेका छन् । सबैले माक्सहरु पनि प्रयोग गरिरहेको देखिन्छ । हामीले पनि काम गर्दा नागरिकहरुले जति सहजता अपनायो त्यति हामीलाई सुरक्षित भएको अनुभूत हुन्छ । कतै प्रहरीले कार्यवाही गर्नु पर्दा वा नियन्त्रणमा लिनु पर्दा एउटा सुरक्षित नागरिकलाई नियन्त्रणमा लिइरहेका छौ भन्ने अनुभूत हुन्छ ।

० काठमाडौैं उपत्यकाको हकमा हेर्ने हो भने अहिले संक्रमण करीव छैन भन्दा पनि हुन्छ । मानिसहरु उपचारमा जानु भयो उहाँहरु कतिपय घर फर्किनु भएको छ कतिपय निगरानीमै हुनुहुन्छ । यद्यपि अहिले पछिल्लो समयमा सवारी साधन चाहिँ बढ्दै गयो यो करणले संक्रमण बढ्ने हो कि भन्ने त्रास छ नि ?

विगतमा भन्दा अहिले सवारी साधनहरु अलि अलि बढेकै हो । तर, नागरिकको जनजीवनलाई सहजीकरण गर्दै जानु पर्छ भन्ने हाम्रो मान्यता पनि हो । किनभने, संक्रमणलाई मूल्याङ्कन गर्दै अथवा त्यसको स्थितिलाई मूल्याङ्कन गर्दै त्यसको जोखिम कत्तिको छ यो सबै कुराहरुलाई मूल्याङ्कक गर्दै हामीले नागरिकहरुको जीवनलाई कसरी सहजिकरण गर्दै लैजाने भन्ने कुरालाई पनि हामीले सधै विश्लेषण गरिराख्छौ । यस क्रममा हामीले अहिले जस्तैः बैंक अथवा वित्तिय संस्थाहरुका केहि कार्यालयहरु खोल्न अनुमति दिइरहेका छौं । त्यस्तै अन्य अत्यावश्यकीय सेवाका सवारी साधनहरु पनि बाहिर निस्किरहेको अवस्था छ । यसले गर्दा केहि सवारी साधनहरु बजारमा निस्किेको देखिन्छ । तर त्यो बजारमा वा सडकमा त्यो सवारी साधनहरु निस्किदैमा हामी असुरक्षित छौ भन्ने कुरा आउँदैन । त्यो निस्किदैमा हामीलाई संक्रमणको खतरा बढ्ने होइन् । सडका आएका सवै सवारीलाई हामीले निगरानीमा राखिरहेका छौं । जहाँ संक्रमणको खतरा बढ्छ जुन चिजमा जोखिम देखिन्छ त्यो चिजलाई हामीले नियन्त्रण गरिराखेका छौ । जहाँ जोखिम कम छ त्यो जोखिम कम भएको ठाउँमा नागरिक जीवनलाई सहजिकरण गर्ने क्रममा अतिकति खुकुलो भएको हो कि ? अलिकति सवारी साधन बढी निस्किएको हो कि ? मानिसहरु बाहिर बढी निस्किएको हो कि भन्ने जस्तो देखिएको छ तर, त्यसमा कुनै पनि खतरा छैन ।

० यहाँहरुले लकडाउनको नियम उल्लंघन गर्ने सवारी साधन अत्यावश्यक बाहेक बाहिर निस्किनेहरुलाई कार्वाही पनि गरिरहनु भएको छ । पछिल्लो समय अझै अलिकति कार्वाहीको संख्या बढेको पनि सुन्नमा आएको छ यसको बारेमा प्रस्ट पारिदिनुस ?

हामीले लकडाउन शुरु भएदेखि अहिलेसम्मका दिनहरुमा हेर्ने हो भने सवारी साधनहरु निस्किने क्रम र नागरिकहरु बाहिर निस्किने क्रम बढ्दै गएको पनि छ । जस्तो सुरुका दिनमा २ हजारदेखि ३ हजारसम्म नागरिकहरुलाई नियन्त्रणमा लिने गथ्यौं । अहिले पनि त्यो संख्या यथावत नै छ । विगतमा कति मान्छे अन्जान भएर बाहिर निस्किने ननिस्किने भन्ने अन्योल भएर बाहिर निस्किनेको संख्या थियो । तर, अहिले मानिसमा साहस बढेको अर्थात काठमाडौंमा त कोरोना छैन, अब त डराउनु पर्दैन, निस्कि हालमन त भन्ने हिसाबले निस्किनेको संख्या देखिन्छ । त्यहि भएर संख्या लगभग एउटै एउटै छ । लकडाउन अवधिभर हामीले करिव करिव ९० हजार नागरिकलाई होल्ड गरिसकेका छौ । त्यस्तै २२ हजार जति सवारी साधनलाई होल्ड गरिसकेका छौ । त्यो संख्या यथावत नै छ तर हिजो र आजको फरक मनोवैज्ञानिक छ । हिजोको थियो भने कतिलाई लकडाउन भनेको के हो कहिलेसम्म भन्ने अन्यौला थियो र निस्किन्थे नागरिकहरु ।

० लकडाउनलाई क¥फ्र्यू अथवा बन्दको रुपमा हेरेको अवस्था पो देखिएको छ त ?

हो तपाईले भने जस्तै बेलुकी साँझ प¥यो भने बाहिर निस्के हुन्छ भनेको जस्तो जुन क¥फ्र्यू लागको बेला ५ बजेपछि खुल्ला भनेको जस्तै गरी बाहिर निस्किनेको संख्या पनि थियो । तर अहिले किन बाहिर निस्किन्छन भने लकडाउनको समय लामो भइसक्यो, आवश्यकताहरु पनि बढिरहेका छन् । अपरिहार्य कामहरु पनि जोडिराखेको अवस्था छ । त्यसले गर्दा कतिपय नागरिकहरु जानकारी गराएर र कतिपय नागरिकहरु जानकारी दिनलाई मेलो नपाएर पनि बाहिर निस्किरहेको पाएको छौ । त्यसले गर्दा होल्डमा परिराखेको अवस्था पनि छ । बिना कामको लागि बाहिर निस्किने, बिना पास निस्किनेहरुलाई होल्ड अहिले पनि राखिराखेका छौ । तर समग्रमा हेर्ने हो भने अहिलेको आमनागरिकमा काठमाडौंमा हामी सुरक्षित छौ भन्ने मनोवैज्ञानिक असर छ । अहिले नागरिकहरुको भित्रि इच्छा के छ भने उपत्यका बाहिरबाट भित्रन नदिए हुन्थ्यो व बाहिरबाट आउँनेहरुलाई स्वास्थ्य परिक्षण गरेर मात्रै ल्याइदियो भने काठमाडौं उपत्यका सुरक्षित हुन्छ भन्ने छ । भन्ने हिसाबले अलिकति बाहिर निस्किने प्रवृति बढेको देखिन्छ । तर हामीले अहिले पनि उनिहरुलाई निरुत्साहित गरिराखेका छौ ।

० यो लकडाउनको समयमा देशभरिका स्थानिय सरकारहरुले विशेषगरी विपन्न परिवारहरुलाई राहत वितरण गरिरहेको अवस्था छ । राहत वितरणको समय सुरक्षा निकायलाई भोग्नु परेको चुनौती के हो ?

जब लकडाउन घोषणा भयो त्यसपछि खासगरी श्रमजीवि नागरिकहरु उनीहरु श्रमबाट बाहिरिने अवस्था आयो । अथवा उनीहरुको रोजीरोटीको अवस्था चुनौतीपूर्ण बन्दै गयो । किनभने बाहिर नागरिकहरु काम नपाएर निस्किने अवस्था भयो । त्यसपछि हामीले पनि राहत वितरण गर्न सुरु ग¥यौ । अहिले स्थानीय निकायहरुले पनि वितरण सुरु ग¥यो । काठमाडौं महानगरपालिका लगायत सबै स्थानीय निकायहरुमा राहत वितरण सबै मिलेर आवश्यकता कहाँ हो, कस्लाई जरुरी छ भन्ने कुराको मुल्याङ्कन गरेर राहत वितरण गरिसकेपछि त्यसले नागरिकहरुलाई धेरै सहज बनाएको छ । हामीलाई खान बस्नको समस्या नहुने रहेछ भन्ने एक किसिमको एउटा सन्देश गयो । त्यस्तै बीचमा केहि नागरिकहरुले आफ्नो जिल्ला फर्कने इच्छा व्यक्त गरे कति मान्छेहरु हिडेरै निस्के ती नागरिकहरुलाई पनि हामीले सहजीकरण गरि दियौ र जिल्ला जिल्लासम्म पु¥याउने व्यवस्था पनि मिलाइ दियौ । यो बिचमा राहत वितरण भइरहँदा अहिले केहि नागरिकहरु जो काठमाडौंमा नै अलपत्र परिराखेका छन् जसको बस्ने घर छैन जो खोलाका किनारहरुमा बस्छन, टेन्टमा बस्छन् त्यस्ता नागरिकहरुलाई अहिले हामीहरुले पत्ता लगाइ लगाइ स्थानीय निकायसंग समन्वय गरेर राहत वितरण गरिराखेका छौ । यसरी हेर्दा त काठमाडौंमा अहिलेसम्म त्यस्तो केही चुनौती देखिएको छैन् ।

० काठमाडौमा बसोबास गरिरहेका कतिपय नागरिकहरुलाई उपत्यका बाहिरका स्थानीय निकाय अथवा राजनीतिक नेतृत्वहरुले गाडीमा हालेर पनि पठाएको देखियो । त्यो संगसंगै काठमाडौं भित्रिनेको संख्या पनि बढ्न थाल्यो त्यसले गर्दा त्रास अझ बढ्यो भन्छन् त ?

यसमा आशंका गर्नु पर्ने वा त्रास लिनु पर्ने कुरा केहि पनि छैन् । जो जिल्लामा फर्किन चाहेको थियो र जस्ले आफूलाई सवारी साधन व्यवस्था गर्नसक्ने अवस्था थिएन उनीहरुका लागि जिल्लाका जनप्रतिनिधिहरुले स्थानीय तहमा समन्वय गरेर जिल्लामा फर्काउन सहजताको लागि काम गरिदिएको हो । धेरै फर्के पनि । त्यो सबैका लागि राम्रो कुरा हो । किनभने, एक त जिल्लामा सहजिकरण गरियो जिल्लामा जान पनि सहज भयो । त्यहाँ पनि कतिपय नागरिकहरुलाई क्वारेन्टाइनमा लिएर राखेको छ । कतिपय नागरिकहरुलाई होम क्वारेनटाइनमा राखेको छ । जहाँसम्म काठमाडौं भित्रिने कुरा छ अहिलेसम्म हामीले एकदमै कडा बनाएका छौ कसैलाई पनि भित्रिन दिएका छैनौ । केहि जानकारी नभएर नागरिकहरुलाई पनि हामीले रोकेर फिर्ता गर्नुपर्नेलाई फिर्ता गरेका छौ जसलाई एकदमै छिर्नै पर्ने आवश्यकता छ भने तिनीहरुको स्वास्थ्य परिक्षण गरेर क्वारेन्टाइनमा राख्ने सर्तमा हामीले निरिक्षण गरेर होम क्वारेनटाइनमा भएपनि पठाएका छौ । अहिले काठमाडौंैमा आउने कुरालाई पूर्णरुपमा बन्द गरेका छौ र अहिले बाहिर जाने पनि केहिदिनदेखि पूर्णरुपमा बन्द भएको छ ।

० अहिले हामी सामूहिक रुपमा कोरोना संक्रमणको विरुद्धमा लागिरहेका छौं । यो अवस्थामा अपराधका कस्ता अपराधका घटनाहरु आइरहेका छन् त ?

हामीले लकडाउन भन्दा पहिले र अहिलेको अवस्थालाई तुलना ग¥यौ भने अपराध धेरै कम छ । यसको अर्थ अपराधनै छैन भन्ने चाहिँ होइन् । ठूलाठूला किसिमका अपराधहरु छैनन् । अहिले सामान्य प्रकृतिका अपराधहरु छन् । अहिले खास गरी आत्महात्याका घटनाहरु धेरै भएका छन् र भवितब्य ज्यानका घटनाहरु धेरे भएका छन् । अहिले जघन्य प्रकृतिको अपराध हेर्ने हो भने बलात्कारका घटनाहरु पनि भइरहेको अवस्था छ । यो लकडाउनको अवधिमा हेर्ने हो भने उपत्यकाका तीन जिल्लामा ८ वटा बलात्कारका घटनाहरु भइसकेको अवस्था छ । अन्य सानातिना घटनाहरु सामान्य भइरहेको छ जस्तो, लकडाउन भन्दा अगाडि झण्डै झण्डै काठमाडौैं उपत्यकाका तीनवटा जिल्लाहरुमा साना ठुला गरेर मासिक १ हजारभन्दा बढीको संख्यामा अपराधका घटनाहरु हुन्थे । अहिले २ सयको हाराहारी मात्रै छन् । भनेपछि ठूलो संख्यामा अपराधहरु घटेका छन् । यो २ सयको संख्यामा पनि यो एक पहिनामा ६६ वटा भवितव्य ज्यानका घटनाहरु भएका छन् । यो समयमा अपराधका घटनाहरु घटेको छ । किन घटेको छ भन्दा त्यसको दुईवटा कारणहरु छ, एउटा चाहिँ आमनागरिकहरु घरमा बस्नु भएको छ, परिवारको साथमा बस्नु भएको छ । अर्को के छ भने आमनागरिकहरुको सुरक्षाका लागि प्रहरी २४ सै घण्टा सडकमा छ । र अहिले सडकमा जो निस्किन्छ त्यसको बारेमा खोजीनीति प्रहरीले गरिराखेको हुन्छ । त्यसले गर्दा अपराध गर्ने व्यक्तिहरु पनि अहिले बाहिर निस्किेर अपराध गर्ने सक्ने अवस्थामा छैनन् । त्यसले गर्दा पनि अपराधहरु घटिराखेको छ ।

० लकडाउनको करिब डेढ महिना बित्यो यो अवधिमा सामान्य घटना बाहेक अपराधजन्यमा त्यति घटना भएको छैन् भन्नु भयो त्यसो भए । लकडाउन खुलिसके पछिको अवस्थालाई हेर्ने हो भने मान्छेले एउटा फरक किसिमले परिकल्पना गरिरहेका छन् । विगतमा भन्दा अपराध बढ्ने हो कि भन्ने एउटा आशंका पैदा भएको छ । यो अवस्थालाई यहाँहरुले कसरी तयारी गरिरहनु भएको छ ?

यहाँले भनेको जस्तो हामीले पनि त्यो अनुमान गरेका छौं । कि अहिले यो लकडाउनको अवधि जति लम्बिदै जान्छ उति हामी धेरे बेरोजगार हुँदै जान्छौ । धेरै नागरिकहरुको रोजगारीहरु खोसिन्छन् । धेरै नागरिकहरुको दैनिक उपभोग्य सामाग्रीहरु प्राप्त गर्न नसक्ने अवस्थामा पुग्छन् । धेरे समस्याहरु आउँछन् । त्यसलाई हामीले कसरी सम्बोधन गर्छौ भन्ने त्यो महत्वपूर्ण विषयवस्तु छ । जस्तो, हामीले जो बेरोजगार हुन्छन, जो दैनिक श्रम गरेर खानेहरु छन उनीहरुलाई हामीले कृषि क्षेत्रमा लिएर लगाउन सक्यौ । हाम्रो कृषि उत्पादन तर्फ उनीहरुलाई प्रयोग गर्न सक्यौ भने अपराधको अवस्था घटना जान सक्छ । किनभने उनीहरुको उत्पादन पनि हुन्छ उनीहरुले रोजगारी पनि पाउँछन् । भोलीका दिनमा आउँने समस्यालाई पनि त्यसले सम्बोधन गर्छ । यदि हामीले त्यो गर्न सकेनौ र त्यसमा हामीलाई सफता प्राप्त हुन सकेन अथवा त्यतातिर ध्यान केन्द्रित भएन वा त्यतातिर हामीले नागरिकहरुलाई लिन सकेनौ भने तपाईले भन्नु भएको जस्तो भोली यहाँ चोरीका घटनाहरु, लुटपाटका घटनाहरु, अपहरणका घटनाहरु, यौन व्यापारका घटनाहरु बढ्छन । मानिसले पेटको लागि त्यो अपराध गर्छ भोलीका दिनमा । अपराधको लागि अपराध भन्दा पनि मान्छेले पेटको लागि अपराध गर्ने अवस्था आउँछ । त्यसलाई अब हामीले कसरी सम्बोधन गर्छौ, सरकारले कसरी सम्बोधन गर्छ, राज्यले कसरी सम्बोधन गर्छ भन्ने विषय वस्तुले अपराध कुन बढ्छ वा बढ्दैन भन्ने कुरालाई निक्र्यौल गर्छ ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer