मंगलबार, वैशाख ११, २०८१

ठेकदारलाई गोली हान्ने ठेकेदार पक्राउ

नेपालखोज २०७६ कार्तिक ६ गते १२:५५

काठमाडौं । जनकपुरमा एक ठेकदारले अर्का ठेकदारको गोली हानी हत्या गरेका छन् ।

आज (बुधबार) बिहान ९ : ३० बजे तिर ३५ वर्षीय पंकज चौधरीले ४१ वर्षीय मनोज साहलाई गोली हानी हत्या गरेका हुन् ।

साह ठेक्का पट्टाको विषयमा कुरा गर्न चौधरीको घरमा पुगेका थिए । कुरा नमिल्दा गोली हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गर्ने चौधरी प्रहरीको नियन्त्रणमा छन् । उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया