शुक्रबार, वैशाख ७, २०८१

कोरोना भाइरसका कारण विश्वभर २७१२ जनाको मृत्यु, ८०५९८ बढी संक्रमित

नेपालखोज २०७६ फागुन १४ गते ७:४५

एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर मृत्यु हुनेको संख्या २७१२ जना पुगेको छ । पछिल्लो एक रिपोर्टका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण २७१२ जनाको मृत्यु भएको छ ।

चीनपछि दक्षिण कोरिया, जापान, इटाली, इरानमा यसको संक्रमण धेरै फैलिएको छ । त्यस्तै संक्रमणको संख्या ८०५९८ पुगेको छ ।

वल्र्डओमिटरका अनुसार हालसम्म २८ हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् । त्यस्तै ९२२० भन्दा बढीको अवस्था चिन्ताजनक रहेको छ ।

प्रतिक्रिया