बिहीबार, वैशाख १३, २०८१

आलम पक्राउ परेपनि ४ जना अभियुक्त अझै फरार

नेपालखोज २०७६ कार्तिक ७ गते ७:११

कार्तिक ७ , काठमाडाैं । बम बिष्फोटमा परी घाइतेलाइ जिउदै इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री अफताब आलम पक्राउ परेपनि अन्य ४ जना अभियुक्तहरु अझै फरार रहेका छन ।

बिष्फोटमा परी घाइतेलाइ जिउदै इट्टा भटामा पोलेको आरोपमा पुर्व मन्त्री आलम सहित ४ जना माथि किटानी जाहेरी परेको छ । जस मध्ये अझै ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नबिन कार्कीले जानकारी दिए ।

यसरी फरार हुनेहरुमा मन्त्री अफताब आलमका आफनै भाइ महताब अलाम, शेख भदई ,मोबिन आलम र शेख सराज रहेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया