शुक्रबार, वैशाख ७, २०८१

दुर्गेश पछि भिटेन पक्राउ

नेपालखोज २०७६ कार्तिक ७ गते १२:०४

कार्तिक ७ बिहिवार, काठमाडाैं । तिहार लक्षित गरेर गाएको गीतमा मदिरा तथा लागुपदार्थ प्रयोग प्रवर्धन हुने गाएको अारोपमा गायक दुर्गेश थापाको पक्राउ परेको काण्ड सेलाउन नपाउदै अर्का चर्चित र्यापर समिर घिसिंङ ( भि टेन ) लाइ प्रहरीले अाज पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घिसिंङलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।

पछिल्लो समय निकै चर्चामा रहेको ‘यस्तै त हो नि ब्रो’ गीतका गायक घिसिंङलाइ गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

उनले यस गीतमा नेपाल प्रहरीमाथि पनि विभिन्न खाले नकारात्मक सन्देश प्रवाह गरेका थिए ।

प्रतिक्रिया