शुक्रबार, वैशाख ७, २०८१

अन्तर बैंक कारोवार बढ्यो, दुुई महिनामा झण्डै चार खर्ब रुपैयाँको अन्तर बैंक कारोवार

नेपालखोज २०७६ कार्तिक १० गते १०:३५

१० कार्तिक, काठमाडौं । बैंकिङ क्षेत्रमा अन्तर बैैक कारोवार रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको पछिल्लो दुई महिनामा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले मात्र झण्डै चार खर्ब रुपैयाँ बराबरको अन्तर बैंक कारोवार गरेकाछन ।
सो मध्ये २८ वटा बाँणिज्य बैंकहरुले मात्र तीन खर्ब ९५ अर्ब ८७ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोवार गरेकाछन ।

यसबाहेक क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी २८ वटा बिकास बैंक र २२ वटा फाईनान्स कम्पनीहरुले २९ अर्ब ३८ करोड रुपैयाँको अन्तर बैंक कारोवार गरेकाछन । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाले क्रमशः दुुई खर्ब नौ अर्ब आठ करोड र ९५ अर्ब ४१ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोवार गरेका थिए ।

अन्तर बैंक कारोवार रकम बढेकै आधारमा २०७५ भदौमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर दुुई दसमलव ७४ प्रतिशत रहेकोमा २०७६ भदौमा दुुई दसमलव ७३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ भदौको एक दसमलव ६८ प्रतिशतको तुलनामा २०७६ भदौमा एक दसमलव ६९ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ भदौको १० दसमलव तीन प्रतिशतको तुलनामा २०७६ भदौमा नौ दसमलव ५३ प्रतिशत कायम भएको छ । २०७६ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दसमलव ८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दसमलव ९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दसमलव ३० प्रतिशत र १२ दसमलव ३१ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया