बिहीबार, वैशाख १३, २०८१

अमेरिकाले अशान्ति फैलाएको इरानी सर्वोच्च नेताको आरोप

नेपालखोज २०७६ कार्तिक १४ गते ११:१३

१४ कार्तिक, काठमाडौं । इरानका सर्वोच्च नेता अयोतुल्लाह अलि खमेनीले यस क्षेत्रमा अशान्ति फैलिनुमा अमेरिकाको भूमिका रहेको आरोप लगाएका छन् ।
पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले अमेरिका र पश्चिमी गुप्तचरहरूका कारण अशान्ति फैलिएको टिप्पणी गरेका हुन्।

उनीहरूको पछाडि अन्य केही प्रतिक्रियावादी तथा प्रतिगामी देश र निकायहरू पनि लागेको उनको भनाइ छ ।

सर्वोच्च नेता खमेनीले आफ्नाविरुद्ध गलत भूमिका खेल्नेहरूलाई निगरानीमा राख्न पनि आह्वान गरे।

पछिल्ला केही हप्ता इरान, लेबनानलगायतका देशमा भइरहेको आन्दोलनलाई लक्षित गर्दै उनले यस्तो बताउनुभएको हो ।

ती देशहरूमा शासन व्यवस्थाको पुनःसरचना, सार्वजनिक सेवामा सुधार, भ्रष्टाचार अन्त्य, रोजगारीको सृजना, आर्थिक वृद्धिलगायतका माग राख्दै आन्दोलन भइरहेका छन् ।

प्रतिक्रिया