महराको थुनछेक बहस आज, पुर्पक्षमा पठाउने वा धरौटीमा रिहा गर्ने आज नै थाहा हुने
नेपालखोज
२०७६ कार्तिक १७ गते ९:०६
१७ कार्तिक, काठमाडौं । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदै छ ।
गत शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको बयान लिएको थियो । तर समयको अभावले थुनछेक बहस हुन सकेको थिएन । आज अदालतमा महराको थुनछेक बहस हुनेछ । थुनछेक बहस पश्चात महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ ।
निवर्तमान सभामुख महराविरुद्ध बिहीबार दिउँसो जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको छ ।
सम्बन्धित
प्रतिक्रिया