बिहीबार, चैत १५, २०८०

कृषि विकास बैंकको ५ करोड चोरी प्रकरणमा निर्माण व्यवसायी पनि मुछिए

नेपालखोज २०७६ असोज ९ गते १५:२४

९ असोज २०७६, काठमाडौं । कृषि विकास बैंकका कर्मचारीको पासवर्ड अनधिकृत रुपमा प्रयोग गरेर करिब ५ करोड रुपैयाँ चोरिएको घटनामा संलग्नताको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार स्याङ्जा वालिङका रामकृष्ण भुसाल लाई पक्राउ गरिएको हो । महाशाखाको टोलीले उनलाई स्याङ्जाबाटै पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनी प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर हुन् । उनको खातामा ६५ लाख रुपैयाँ कृषि विकास बैंकको लहान शाखाबाट पठाइएको भेटिएको थियो ।

काठमाडौं ल्याइसकेपछि उनीसँग विस्तृत बयान दिइने बताइएको छ । प्रहरीले उनलाई भारतमा बसेका ह्याकरले खटाएको एजेन्ट मानेको छ ।यसअघि प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया