शुक्रबार, वैशाख १४, २०८१

अध्यक्षमा खड्का निर्वाचित

नेपालखोज २०७६ कार्तिक १७ गते १०:५७

१४ कार्तिक, बागलुङ । पर्यटन विकास समिति बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित भएका छन् । शनिबार बागलुङबजारमा भएको समितिको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा राज थापा, उपाध्यक्षमा शेरमान घर्ती, महिला उपाध्यक्षमा भविकला रोका, सचिवमा अर्जुन चोखाल, सहसचिवमा नारायण आचार्य, कोषाध्यक्षमा नरेश कँडेल निर्वाचित भएका छन् । सदस्यमा प्रेम लामिछाने, किरण आचार्य, दानबहादुर थापा, बेगमती घर्ती, गण्डकी थापा, कमला पुनमगर, वीरजङ्ग भण्डारी, सञ्जय श्रेष्ठ र हीरा पुन रहेका छन् । आठ सदस्यीय आमन्त्रित सदस्यमा विजय राना, झमन पाण्डे, खिमबहादुर थापा, टीका सङ्गम विक, राजु आचार्य, जीतबहादुर क्षेत्री, कौशिला पुन र ज्ञानेन्द्र ढकाल चयन भएका छन् ।

तीन सदस्यीय लेखा समिति संयोजकमा विष्णु अधिकारी रहेका छन् । सदस्यमा टेकबहादुर क्षेत्री, केशव कार्कीलाई मनोनित गरिएको समितिले जनाएको छ । बागलुङको पर्यटन विकासमा सहयोग पु¥याउन भन्दै एक वर्ष अघि बनेको तदर्थ समितिले सबै प्रक्रिया पूरा गरेर पहिलो अधिवेशन गरेको हो ।

प्रतिक्रिया