बुधबार, वैशाख ५, २०८१

‘लभ जोन’ को गीत सार्वजनिक

नेपालखोज २०७६ कार्तिक १७ गते १२:१९

१७ कार्तिक, काठमाडौं । चलचित्र लभ जोन को रोमान्टिक गीत सार्वजनिक भएको छ । माघ १० गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत सार्वजनिक भएको हो ।
चलचित्रको निर्माण पक्षले ‘दिल चोरी लैजाउ ए प्रियतम’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा नित्याशिवा र गायक शम्भु रैका ले स्वर दिएका छन् ।
गीतको शब्द रचना तथा संगीत शंकर अधिकारी घायल रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । गीतमा प्रेम रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजन मर्हजनको नृत्य निर्देशन , विश्वास भण्डारीको सम्पादन भिडियोमा रहेको छ । ‘दिल चोरी लैजाउ ” गीतको भिडियोमा राजन र रुविको नृत्य तथा अभिनय रहेको छ ।

प्रतिक्रिया