बिहीबार, चैत १५, २०८०

मेडिकल माफिया विरुद्ध शिक्षण अस्पतालबाट निस्कियो जुलुश

नेपालखोज २०७६ कार्तिक १७ गते १५:१५

१७ कार्तिक, काठमाडौं । मेडिकल माफियाहरुका विरुद्ध शिक्षण अस्पताल (इन्टिच्यूट अफ मेडिसन)मा अध्ययनरत विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट उठाईरहेको अतिरिक्त शुल्क फिर्ता माग गर्दै देश व्यापी रुपमा मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले गरेको आन्दोलनको समर्थनमा उनीहरुले विरोध प्रर्दशन गरेका हुन् । आइओएमको प्राङणमा निस्किएको जुलुश शिक्षण अस्पताल हुँदै महाराजगञ्ज पुगि कोण सभा गरेर टुङ्गिने छ ।
विरोधमा उत्रिएका विद्यार्थीहरुले ‘हाम्रो सेतो कोटमा काले दाग लगाउन पाइँदैन, अतिरिक्त शुल्क फिर्ता गर’ नारा सहितको प्लेकार्ड बोकेका छन् ।

प्रतिक्रिया