बिहीबार, चैत १५, २०८०

हाँस्दा पनि घट्छ तौल ! अपनाउनुस् यी टिप्स

नेपालखोज २०७७ पुष २२ गते १४:२३

अचेल तन्दुरस्ती तथा फिट हुन जिम जानेहरु बढेका छन् । तौल घटाउने अनि स्वस्थ रहने चाहना सबैलाई भए पनि जिम जाने समय सबैलाई नहुन सक्छ।

तौल घटाउन शरीरले कति क्यालोरी पाइरहेको छ र कति खपत भइरहेको छ भन्नेकुरा जान्नु जरुरी हुन्छ ।

मोटोपन कम गर्न क्यालोरी बर्न गर्नुपर्छ । तर कसरी ?

यसरी घटाउनुस् तौल

१. मोटोपन कम गर्न चिसो पानी उपयोगी हुन्छ। जब शरीरमा चिसो पानी राखिन्छ तब उसले त्यो पानी तताउन थाल्छ, जसको लागि हाम्रो शरीरको क्यालोरी खर्च हुन्छ । शरीरमा तापक्रम सामान्य र मेटाबोलिज्म ठिक भएको कारण मानिसको तौल तीब्ररुपमा घट्छ ।

२. हाँसोलाई सैयौँ दुखको एउटै औषधि भन्ने गरिन्छ । हास्नाले शारीरिक र मानसिक स्वास्थ्य सन्तुलित हुन्छ । एक अध्ययनका अनुसार हास्नाले मेटाबोलिज्मको दर १० देखि २० प्रतिशतसम्म बढ्छ, जसले शरीरमा क्यालोरी एकदमै छिटो बर्न हुन्छ र तौल घट्छ ।

३. रक्तदान गनाले मानिसको शरीरको क्यालोरी भारी मात्रा बाहिर आउँछ । रक्तदानपछि प्रोटिन, रातो रक्तकोषहरु र अन्य तत्वहरु फेरि उत्पन्न हुनको लागि शरीरको एकदमै धेरै उर्जा खपत हुने गर्छ । जसकारण पनि शरीरको तौल घट्छ । रक्तदानपछि मानिसको शरीरमा कमजोरी हुने गरेको कुरा तपाईंले पनि महसुस गर्नुभएको होला । यस्तो अवस्थामा शरीरको एकदमै धेरै क्यालोरी बर्न हुनेगर्छ ।

४. यदि तपाईं बिना कुनै परिश्रम तौल घटाउन चाहानुहुन्छ भने चुईगम खान शुरु गर्नुहोस् । दिनमा २० मिनेट चुइगम खानाले तपाईंको तौल घट्न मद्दत गर्छ । चुइगम चपाउँदा मेटाबोलिज्म बढ्छ र शरीरम क्यालोरी बर्न हुन्छ । यद्यपि चुइगम चपाउनुभन्दा अघि त्यो सुगरफ्रि हुनु आवश्यक छ ।

प्रतिक्रिया