बिहीबार, वैशाख १३, २०८१

युरिक एसिड कसलाई हुन्छ ? यस्ता छन् बच्ने उपाए ।

नेपालखोज २०७६ कार्तिक १९ गते ६:५०

कसलाई हुन्छ युरिक एसिड

-जो अस्वस्थ्यकर खाना खान्छन् तर, शारीरिक श्रम गर्दैनन् ।

-वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ ।

-जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरु ।

-रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरुलाई ।

यूरिक एसिड बढ्नुको कारण

-खानपान तथा जीवनशैलीको बदलाव नै यूरिक एसिड बढ्नुको मुख्य कारण हो ।

-मधुमेह रोगीले सेवन गर्ने औषधीका कारण पनि यूरिक एसिड बढ्नसक्छ ।

-रातो मासु, सी फूड, दाल, राजमा मसरुम, टमाटर, बन्दा, मटर, पनीर, भिण्डी, चामल लगायतका कारण पनि शरीरमा यूरिक एसिड बढ्ने गर्छ ।

-खानाको रुपमा सेवन गरिने प्रोटिनले पनि शरीरमा यूरिक एसिडको मात्रा बढाउने गर्छ ।

-जर्बजस्तीको एक्सरसाइज तथा तौल कम गर्ने चक्करमा पनि यूरिक एसिडको समस्या निम्तिने गर्छ ।

-उच्च रक्तचापमा सेवन गरिने औषधी, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीले पनि यूरिक एसिडको मात्रा बढ्ने गर्छ ।

-यस्तै, आणुवंसिकता, शरीरमा आइरनको मात्रा बढेमा, थाइराइडको समस्या भएमा, मिर्गाैला खराब भएमा, मोटोपना भएमा वा अत्याधिक मात्रामा मदिरापानका कारण पनि यूरिक एसिड बढ्ने गर्छ ।

कसरी नियन्त्रण गर्ने ?

-पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

-खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।

-रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।

-हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन-सि जरुर लिनुहोस् ।

-नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।

प्रतिक्रिया