शुक्रबार, वैशाख १४, २०८१

आँप खानुका चार फाइदाहरु

नेपालखोज २०७७ चैत १२ गते ६:००


काठमाडौं । आँप खाँदा विभिन्न फादा हुने गर्दछन् । आँप फलफरुलको राजा पनि हो । गर्मी मौसम सुरु भए लगत्तै काठमाडौंमा आँप भित्रिने गर्दछ । आँप खानुका विभिन्न फाइदाहरु छन् । ती मध्ये हामी चार फाइदाका चर्चा गर्न गइरहेका छौं । ती निम्न छन् ।

प्रजनन क्षमतामा वृद्धिः आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ।

खनिजको वृद्धिः आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ। यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन्।

यौन क्षमता बढाउनेः आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ। आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउँछ। होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना पनि कम हुन्छ।

छालाको चमकमा वृद्धिः आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ। आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ।

प्रतिक्रिया