बिहीबार, वैशाख १३, २०८१

जनकपुर-जयनगर रेलमार्ग दीर्घकालीन हुन नसक्ने संकेत, नदीका कारण वर्षामा अवरोध

नेपालखोज २०७६ कार्तिक २० गते ७:२६

२० कार्तिक, काठमाडौँ । सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ ।

गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल–भारत सीमानामा पर्ने धनुषाको इनरुवातर्फ १०० मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो । रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पु¥याएको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया