शनिबार, वैशाख १५, २०८१

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब ६३ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७६ कार्तिक २० गते १५:२२

२० कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा यही मंसिर एक गते देखि २०७७ कात्तिक ३० गतेसम्मको लागि २८ वटा बाँणिज्य बैंक, २८ वटा बिकास बैंक र २२ वटा फाईनान्स कम्पनीहरुमा उक्त रकम राख्न लागिएको हो ।

राष्ट्र बैंकले गरेको प्रस्ताव अनुुसार रकम लगानी गर्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले आफुुले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी यही कात्तिक २२ गते शुुक्रबार अपरान्ह दुुई बजेसम्म आवेदन दिनुुपर्ने छ । यसरी लगानी गरिने रकममा मासिकरुपमा व्याज भुुक्तानी हुुनुुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

गानी गरिने कुुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब ३१ करोड १६ लाख, बिकास बैंकहरुको लागि २४ करोड ५९ लाख र फाईनान्स कम्पनीहरुको लागि आठ करोड १९ लाख रुपैयाँ छुट्याईएको छ ।

राष्ट्र बैकका अनुुसार रकम लगानीको लागि बैंक सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको हुुनुुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुुपर्ने, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन ।

प्रतिक्रिया