बिहीबार, वैशाख १३, २०८१

यी खानेकुरा झुक्किएर पनि खाली पेटमा नखानुहाेस ।

नेपालखोज २०७६ कार्तिक २१ गते ६:४०

हामीले दैनिक जिवनमा विभिन्न किसमका खानेकुरा खाने गर्दछौँ । कहिले आफ्नो स्वाद अनुसार, कहिले मैसम अनुसार त कहिले साथी संगत अनुसार कहिले त शरीरलाई हानी गर्छ भन्ने कुरा थाहा हुदाँ हुदै पनि त्यही खानेकुरा खान्छौँ । जे होस स्वास्थ्य मानव जिवनको अमूल्य धन हो । त्यसैले, जान्नुहोस यी खानुकरा खालीपेटमा खायो भने अल्सर समेत हुन सक्छ ।

दही
क्याल्सियम र प्राटिनले भरिपूर्ण दहीमा स्वास्थयको लागि फाइदाजनक मानिन्छ । यसले तनाव कम गर्नुका साथै गर्मी महिनामा दहीको सेवनले ठन्डा महसुस पनि हुन्छ । तर खाली पेटमा दहीको सेवन गर्नुले चाही स्वास्थ्य सम्बन्धि समस्या निम्त्याउन सक्छ । खाली पेटमा दहीको सेवनले शरीरमा एसिडिटीको स्तर बढ्नुका साथै चिसो लाग्ने गर्छ ।

चिया
खाली पेटमा चिया शरीरको लागि घातक हुनसक्छ । यसको सेवनले शरीरमा एसिडिटीको समस्या बढ्नुका साथै पेट पोल्ने तथा अपचको समस्या निम्तने गर्छ । र, पछि गएर यो समस्या अल्सरमा परिणत हुनसक्छ ।

अमिलो फलफुल
भिटामिन ‘सी’ले भरिपूर कागती, सुन्तला लगायतका अमिलो फल सबैको रोजाईमा पर्छ । शरीरलाई स्वस्थ राख्न पनि यस्ता फल निकै महत्वपूर्ण मानिन्छ । तर खाली पेटमा यस्ता फल सेवन गर्नाले एसिडिटीको समस्या निम्तिने गर्छ ।

पिरो तथा मसलेदार खानेकुराको सेवन
विहानीपख पिरो तथा मसलेदार खानाको सेवनले भने अल्सरको समस्या दुई गुणा बढाउने गर्छ । किनकी मसलेदार खानाको सेवनले शरीरमा एसिडको स्तर बढ्ने गर्छ, जसले शरीरको पाचन तन्त्रलाई प्रभावित पारेर पेटमा ऐठन हुने तथा पेट दुख्ने गर्दछ ।

प्रतिक्रिया