बिहीबार, वैशाख १३, २०८१

ठगीको आरोपमा व्यापारी एवं पूर्व अर्थराज्य मन्त्री रुपज्योति पक्राउ

नेपालखोज २०७६ कार्तिक २१ गते २२:१९

२१ कार्तिक, काठमाडौं । आफूलाई धार्मिक अर्थशास्त्रीका रुपमा चिनाउन मन पराउने ज्योति ग्रुपका मालिक एवं नेपाली व्यापारीहरु मध्ये ठूला व्यापारीको सूचिमा पर्ने डा रुप ज्योतिलाई ठगीको आरोप प्रहरीले पक्राउ गरेको छ । हाउजिङ्ग कम्पनीका नाममा दर्जनौ व्यक्तिलाई करोडौ ठगी गरेको आरोपमा उनलाई विदेशबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

आफ्नो पहुँचको दुरुपयोग गर्दै हाउजिङ्गका नाममा सर्वसाधारणलाई ठगी गर्दै आईरहेको रुपज्योति विरुद्ध ठगी मुद्धा परेका कारण काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश कार्यान्वयन नगर्न माग गर्दै उनका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञा सम्वन्धी रिट सर्वोच्चले खारेज गरिदिए पछि उनलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको हो ।

कुनै बेला अर्थराज्यमन्त्री समेत रहेका ज्योति ठगीका आरोप लागेपछि प्रहरीले पक्राउन गर्ने जानकारी पाएपछि विदेश फरार भएका थिए । आफू विदेश बसेर उनले वारेसनामा मार्फत आफू विरुद्ध जिल्ला अदालतले पक्राउ गर्न दिएको आदेश रोक्नका लागि सर्वोच्चमा निषेधाज्ञा सम्वन्धी रिट दर्ता गर्न लगाएका थिए । तर उनको रिटमा प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर राणा र न्यायाधिश प्रकाश ढुङानाको संयुक्त इजलासले सा रिट खारेज गरिदिएको थियो ।

विदेशमा रहेका उनी नेपाल फर्कदै गरेको सूचना पाएपछि प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट नै पक्राउ गरेको हो । पक्राउ परेका व्यापार एवं पूर्व अर्थराज्य मन्त्री रुपज्योतिलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ

आफूलाई व्यापारी मात्र नभई धार्मिक व्यक्तिका रुपमा समेत परिचित गराउँदै आईरहेको उनले विपश्यना ध्यान केन्द्रका नाममा समेत हजारौ व्यक्तिलाई ठगी गर्दै आईरहेका छन् । त्यत्ति मात्र नभई विपश्यना ध्यान केन्द्रका नाममा अवैधानिक रुपमा रकम असुल्ने काम पनि गर्दै आईरहेका छन् ।

प्रतिक्रिया