बिहीबार, वैशाख १३, २०८१

भारतीय दूतावास अगाडि नै विरोधमा उत्रिए सत्तारुढ र प्रतिपक्षी दलका विद्यार्थी

नेपालखोज २०७६ कार्तिक २२ गते १४:१९

२२ कार्तिक, काठमाडौँ । भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमी समेटिएको विरोधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडी प्रदर्शन गरेका छन् ।

सत्तारुढ दल नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले लैनचौरस्थित भारतीय दूतावास अगाडि शुक्रबार विरोध प्रदर्शन गरेको हो। शुक्रबार नै नेविसंघसहितका विद्यार्थीहरुले समेत लैनचौरमै प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले भारतको विवादित नक्सा जलाएका थिए ।

यसैगरी , शुक्रबार नै नेविसंघले पशुपति क्याम्पसदेखि चाबहिल चोकसम्म विरोध प्रदर्शन गरेको छ। सोही स्थानमा अनेरास्ववियूका विद्यार्थीहरुले पनि भेला भएर विरोध प्रदर्शन गरेका छन् ।  ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएका प्लेकार्डसहित नाराबाजीमा उत्रेका विद्यार्थीहरुले भारतले नक्सा सच्याउनु पर्ने माग गरेका छन् । साथै अनेरास्ववियूले नै भृकुटीमण्डपमा ‘गो ब्याक इण्डिया’को नारासहित प्रदर्शन गरेको थियो ।

 

 

यसैगरी, अस्कल क्याम्पसबाट सुरु भएको विरोध र्‍याली भारतीय दूतावास कार्यालय अगाडि पुगी कोणसभामा परिणत भएको थियो । भारतको नक्सामा नेपाल परेको प्रति चौतर्फी विरोध भैरहदाँ भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया