बिक्न छाड्यो मादल
२७ कार्तिक, दाङ । दाङ तुलसीपर उपमहानगरपालिका–७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थे। पछिल्लो समय उनलाई सिजनमा पनि १५-१६ वटा बेच्न धौधौ छ।
“मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो”, उनले भने, “तर पछिल्लो समय हामीले बनाएका मादल नै बिक्न छाडेका छन्, यसले गर्दा हामी निराश भएका छौँ ।”
चाडपर्वको समयमा केही बिक्ने भए पनि अन्य समयमा झनै सुनसान हुने गरेको उनको भनाइ छ । “चाडपर्वको समयमा अलि–अलि बिक्छन्”, उनले भने, “तर अन्य समयमा भने बिक्न पनि छाडेका छन् ।”
सोही ठाउँका ठेलराज वादीले पनि पुस्तौँदेखि मादल बनाउँदै आएका छन् । तर, पछिल्लो समय वर्षेनी मादलको माग घट्दै गएको उनले बताए । “मैले पुर्खादेखि मादल बनाउँदै आएको छु”, उनले भने, “तर पछिल्लो समय मादलको माग घट्दै गएको छ ।” उनले अहिले पनि वर्षेनी रु पाँच-सात लाख मादल बनाएरै कमाउने गरेका छन् ।
आफ्नो मुख्य पेशा नै यही भएकाले यसरी चाडपर्वको समयमा पनि मादलको माग घट्दै जानुले आफूहरुको पेशा धरापमा पर्ने गरेको उनले बताए।
प्रतिक्रिया