मंगलबार, वैशाख १६, २०८२

दरबारमार्गमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य दोषीलाई ५ वर्ष कैद सजाय

नेपालखोज २०७६ कार्तिक २७ गते १६:१६

२७ कार्तिक, काठमाडौँ । दरबारमार्गस्थित एक होटलमा भएको सामुहिक बलत्कारको घटनाको मुख्य दोषी शैलेश कार्कीलाई जिल्ला अदालत काठमाडौंले ५ वर्ष २ महिना कैद सजाय सुनाएको छ ।

अदालतले सोही घटनामा संग्लन विकास गौतम र दिपक श्रेष्ठलाई १४ महिना कैद सजाय सुनाएको छ । न्यायधिस कमल प्रसाद पोखरेलको इजलासले कार्तिक २१ गते उनीहरुलाई सजाय हुने ठहर गरेको हो ।

२०७४ माघमा दरबारमार्गस्थित एक होटलमा भएको सामुहिक बलत्कारको घटना प्रहरी मिलेमतोमा गुपचुप पारिएको थियो। राजनीतिक प्रभाव र आर्थिक प्रलोभनमा पारेर गुपचुप पारिएको यो घटनालाई मिडियाले प्राथमिकताका साथ बाहिर ल्याएपछि अहिले फैसला भएको हो ।

प्रतिक्रिया