शनिबार, वैशाख ८, २०८१

मधुमेह रोगीको उपचारका लागि महानगरले भवन निर्माण गरिदिने

नेपालखोज २०७६ कार्तिक २८ गते १२:००

२८ कार्तिक, काठमाडौं । मधुमेह रोगबाट प्रताडित विरामीहरुको उपचार सहजताका लागि काठमाडौं महानगरपालिकाले भवन निर्माण गरिदिने भएको छ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपचार अभावका कारण कसैले पनि अकालमा मृत्यवरण गर्न नपरोस् भन्दै रोगीहरुको उपचारमा सहयोग गर्न महानरपालिका सँधै तत्पर रहेकोले भवन निर्माण गरिदिने बताएका हुन् ।

नेपाल मधुमेही समाजद्धारा आज विश्व मधुमेह दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेको महानगरप्रमुख शाक्यले समाजसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै भने, ‘भवन अभावका विरामीहरुको उपचार गर्न पाइन भनेर दुख नमान्नुस, जग्गा खोज्नुस् महानगरले भवन निर्माण गरिदिन्छ । ’

‘उदेश्य राम्रो भए सहयोग हातहरु अगाडि बढ्छन, हामी जनताको हितका लागि काम गर्नका लागि निर्वाचित भएका हौ’ भन्दै प्रमुख शाक्यले अहिले मधुमेह रोगीका लागि सहयोग गर्न २० लाख रुपैयाँ महानगरले छुट्याएको बताए ।

महानगरप्रमुले मधुमेह रोगबाट प्रभावितहरुको स्वास्थ्य उपचार सहजतका लागि भवन निर्माण गरिदिने घोषणा गरेसँग भवन निर्माणका लागि आफ्नो तर्फबाट १ करोड रुपैयाँ सहयोग गर्ने मृगेन्द्र सम्झना गुठीका संस्थापक अध्यक्ष डा मृगेन्द्रराज पाण्डेले बताए । मधुमेहका क्षेत्रका काम गर्ने विभिन्न संघसंस्था, स्वास्थ्य संस्था तथा सरकारी स्तरबाट पनि अन्तर्राष्ट्रिय दिवस मनाईरहेका छन् ।

प्रतिक्रिया