बिहीबार, वैशाख ६, २०८१

कहिले हुन्छ प्रधानमन्त्रीकाे तुइन विस्थापन योजना पूरा ?

नेपालखोज २०७६ मंसिर १ गते ७:३०

१ मंसिर, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको तुइन विस्थापन गर्ने योजना चालू आर्थिक वर्षमा पनि सम्पन्न नहुने देखिएको छ ।

हाल विस्थापन हुन बाँकी १८ तुइनमा झोलुंगे पुल निर्माण यही आर्थिक वर्षमा पूरा नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले बताएको छ । प्रधानमन्त्री ओलीले २०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र मुलुकभर रहेका तुइन विस्थापन गर्ने अभियान घोषणा गरेका थिए । त्यसको ४ वर्षपछि बल्ल तुइन विस्थापनको घोषणा सम्पन्न हुनेतिर उन्मुख देखिएको छ ।

विभागका अनुसार कात्तिकसम्म विभिन्न ३६ जिल्लामा रहेका १२४ तुइन विस्थापित भई तिनका ठाउँमा झालुगें पुल निर्माण भइसकेका छन् । भने १८ वटा झोलुंगे पुल निर्माणाधीन अवस्थामा छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया