बिहीबार, वैशाख ६, २०८१

नेपालको जेठो बैंकलाई गुणात्मक सुधार गर्न अर्थमन्त्रीको सुझाव

नेपालखोज २०७६ मंसिर १ गते १६:२९

१ मंसिर, काठमाडौं । मुलुकको अग्रणी बैक नेपाल बैक लिमिटेड सेवाको ८३ औ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आयोजित मुल समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको गौरवपूर्ण इतिहास भएको नेपाल बैकले आफना विगतका कमजोरीहरु दोहरिन नदिई निक्षेप कर्जा लगायत समग्र कारोवार र कर्मचारी उत्पादत्वमा गुणात्मक वृध्दि गर्नु पर्ने तर्फ बैकको ध्यानाकर्षण गरे ।

सो अवसरमा अर्थमन्त्री डा खतिवडाले नेपाल बैक लिमिटेडका एकसाथ खुलेका २० वटा शाखा तथा काउन्टर र बैकको प्रधान कार्यालयमा स्थापित संग्रहालयको समुद्घाटन गर्नुका साथै सो संग्रहालय निर्माणमा योगदान पु¥याउने उदेशलाल श्रेष्ठ ,यमुना महर्जन र जनसेवा ट्राफिक प्रहरी प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गरे ।

सो अवसरमा मन्त्री खतिवडाले उत्कृष्ठ कार्य गर्ने ६ शाखालाई पुरष्कार, कर्मचारीलाई दीर्घसेवा पदक र अतिरिक्त क्रियाकलापका विजयी टिम क्याप्टन संजीव जोशीलाई पुरष्कार प्रदान गर्नुका साथै बैकको प्रकाशन आर्थिक विशेषांक विमोचन समेत गरेका थिए । सो समारोहमा नेपाल राष्ट्र बैकका का.मु. गभर्नर चिन्तामणि शिवाकोटीले बैकले सहुलियतपूर्ण कर्जा विस्तारमा जोड दिनुपर्ने बताए ।

बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सभापतिको आसनबाट विगतमा संकटको सामना गरेको बैकमा अब संकट आउन नदिने तर्फ सजगता अपनाइने र ग्राहक मैत्री प्रडक्ट ल्याई ज्येष्ठ बैकलाई श्रेष्ठ बैकमा रुपान्तर गरिने वताए । बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बैक देशमा उद्यम ,उत्पादन ,रोजगारी सिर्जनामा गंभीर रहेको र यस सम्वन्धी सरकारी नीति कार्यान्वयनमा सघाउन बैकले १३९६ वटा कर्जामा २ अरब २ करोड सहुलियतपूर्ण कर्जा प्रवाहित गरेको जानकारी सहित ग्राहक सेवा, वित्तिय सवलता सबै आधारमा बैकलाई नेपालको बैकिंग बजारमा मानक बैकको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया