मंगलबार, जेठ १, २०८१

अर्थसचिव मधुकुमारले भने- कृषिका लागि अनुकूल वातावरण बनाउन सरकार तयार

नेपालखोज २०७८ चैत ११ गते १६:५२

काठमाडौं । चितवनको भरतपुरतमा हिजाेदेखि नेपाल र एशियाकै पहिलो कृषि कर्जा मेला चलिरहेको छ । कृषि कर्जा मेलामा सञ्चालन भएको कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय सम्वाद शुक्रबार समापन भएको छ । कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौ संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको हो । मेलामा कृषि कर्जा सम्बन्धि विविध सम्वादहरु सञ्चालन भएका थिए ।

वित्तीय पहुँचमा विकास साझेदारको भुमीका विषयक बहस सँगै कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय सम्वाद समापन भएको छ । कृषि यन्त्रिकीकरण प्रदर्शनी र कृषि कर्जा मेला भने शनिबारसम्म सञ्चालन हुने भएको छ । कृषि कर्जा मेलामा अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आगामी आर्थिक वर्षको बजेट कृषि मैत्री हुने प्रतिवद्धता जनाएका छन् । उनले सरकार कृषिको लागि अनुकूल वातावरण बनाउन तयार रहेको समेत स्पस्ट पारे ।

पुर्वमन्त्री गणेश शाहले वाटर, इनर्जी र फुडको कनेक्सन जोड्ने अपरिहार्य रहेको बताए । तिन दिनसम्म चलेको मेला र त्यसमा भएको बहसको समिक्षा गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले किसानमा वित्तीय साक्षरताको कमी बैंकले पनि किसानलाई बुझाउन नसकेकोे बताएका छन् । कृषि कर्जा मेलामा आज साना किसानको वित्तीय पहुँचमा विकास साझेदारको भुमीका सम्बन्धी सम्वाद समेत भएको थियो ।

सम्वादमा इजारयलको लागि पुर्व राजदुत डा.अन्जान शाक्यले निजी क्षेत्रले पनि कृषिमा लगानी गर्नुपर्नेमा जोड दिए । कृषि क्षेत्र विकास भए सबै औद्योगिक विकास हुनसक्ने भन्दै राजनीतिज्ञले पनि सपना देखाउने मात्रै नभइ त्यसलाई पुरा पनि गर्नुपर्ने बताए । उनले इजायललले आधुनिक कृषिमा गरेको प्रयोगहरुको प्रस्तुतिकरण गर्दै नेपालमा पनि त्यसको लागि रिसर्चलाई प्राथमीकतामा राख्नुपर्ने बताए ।

हेफर इन्टरनेशनल नेपालका सह–निर्देशक प्रकाश कटुवालले सामाजिक पुँजी निमार्ण आर्थिक विकासका आधार भएको र कर्जाको महंगो ब्याजदरले गर्दा साना किसानको लागत बढ्ने र उनिहरु सस्टेन हुन नसक्नुको प्रमुख कारण रहको उनले बताए।सोही कुरालाई मध्यनजर गर्दै हेफर इन्टरनेशनलले किसानलाई सहुलियत कर्जा दिनुपर्छ भनेर ५ हजार उद्यमीलाई १ अर्ब ६० करोड सहुलियतपुर्ण कर्जा लगानी गरिसकेको बताए । साथै साझेदार बैंकहरुले पनि ९ अर्ब कर्जा लगानी गर्न तयार भएको उनले बताए ।

आईडिई नेपालका ‘सिसा कोभिड १९ कार्यक्रम’का कार्यक्रम निर्देशक जंग गुरुङले किसानले नास हुने उत्पादनलाई प्रशोधन गर्न सक्ने क्षेत्रमा लगानी गर्ने योजना रहको बताए । साना किसानलाई डिजीटल बैंकिङ टुल्समा कसरी जोड्ने भन्ने प्रयासमा रहेको र किसानका ‘क्यापासीटी विल्डिङमा’ संस्थाले काम गरिरहेको तथा साना किसानका समस्या कर्जाको लागत नै रहेको उनले बताए ।

इसिमोडका प्रतिनीधि अनु जोशीले हरेक उद्यमीलाई कसरी ‘भ्यालु चेन’ मा आवद्ध गराउने भनेर काम गरिरहेको बताइन्।युएसएडका वाटर एण्ड एग्रिकलचर विज्ञ सुजन पियले २० प्रतिशत मात्रै कृषि कमर्सियल रहेको बताए । राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेतले हजारौं साना किसानले कर्जा पाउन नसकेको बैंकले नपत्याएको र फाइल फर्काएको प्रशस्त उदाहारण रहेको दाबी गरे ।

नेपाल कृषि अनुसन्धान परिषद् सदस्य डा. यमुना घलेले कृषिमा अनुसन्धानको लागि बजेटको अभाव रहेको र ‘ट्रेड डिप्लोमेसीमा’ विशेष जोड दिनुपर्ने उनले बताइन् । अब देशबाट श्रम हैन उत्पादन बाहिरिनुपर्ने उनको भनाइ रहेको थियो ।कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय सम्वादको समापन गर्दै मेला आयोजक संस्था आर एण्ड डी इनोभेटीभ सोलुसन प्रालिकी अध्यक्ष सुनिता न्हेमाफुकीले यो सुरुवात मात्रै भएको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएकी छन् । कृषि कर्जा मेला नबिल बैंक र कृषि विकास बैंकको मुख्य प्रायोजनमा आयोजना भएको हो ।

प्रतिक्रिया