आइतबार, जेठ १४, २०८०

सीमा विवादबारे मोदीको सन्देश बोकेर नेपाल आए भारतका पूर्वराजदूत

नेपालखोज २०७६ मंसिर २ गते १४:५९

 

२ मंसिर, काठमाडौँ । नेपाल–भारतबीचको सीमा विवादबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकी भारतीय पूर्वराजदूत श्याम शरण नेपाल आएका छन् ।नेपाली भूमी भारतले आफ्नो नक्शामा राख्दा नेपालमा यसको चर्को विरोध फैलिएपछि मोदीले आफ्नो पूर्वराजदूत शरणलाई काठमाडौँ पठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपाल खोजलाई जानकारी दिए ।

नेपाली भूमी अतिक्रमणको विषयलाई लिएर जनस्तरबाट चर्को विरोध भैरहेका समय आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारतलाई नेपाली भूमीबाट आफ्नो सेना फिर्ता लैजान अपिल गरेपछि मोदीले आफ्ना दुत पठाएको कुटनीतिज्ञहरु बताउँछन् ।

स्रोतले नेपाल खोजलाई दिएको जानकारी अनुसार मोदीका दुत शरणले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग भेट्ने कार्यक्रम छ ।

शरण नेपालका लागि भारतका पूर्वराजदूत हुन् भने त्यस पहिले उनी सन् २००४ देखि २००६ सम्म भारतको विदेश सचिव समेत थिए ।

 

प्रतिक्रिया