बुधबार, वैशाख १२, २०८१

किन बढ्दैछ नेपालमा ‘एक्सट्रा म्यारिटल अफयर्स’

नेपालखोज २०७६ मंसिर ५ गते १९:२८

-टंककला तिमिल्सेना ,
५ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो समय सम्वन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गईरहेको देखिन्छ । विगतमा सम्वन्ध विच्छेदका लागि महिलाहरुले पहिलो प्राथमिकता पाउने आईरहेको भएतापनि मुलुकी देवानी संहिता २०७४ ले पति वा पत्नी दुवैले तोकिएको समस्या उल्लेख गरे भने सम्वन्ध विच्छेद गर्न पाउने छन् ।

वर्तमान कानुन अनुसार पति पत्नी दुवैको मञ्जुरीले सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरिएको छ । यद्यपी नेपालको सामाजिक मुल्य मान्यता र इज्जत र प्रतिष्ठाका कारण पनि कतिपय पति पत्नीले सम्वन्ध विच्छेदलाई भन्दा ‘एक्सट्रा म्यारिटल अफयर्स’ अगाडि बढाएको देखिन्छ ।
पति र पत्नीवीच जस्तो खालको सम्वन्ध हुनु पर्ने हो त्यस खालको सम्वन्ध नहुनु, कतिपयको सम्पत्ति वा आफ्नो बेग्लै खालको घमण्डपनले गर्दा पनि ‘एक्स्टा« म्यारिटल अफयर्स’ शहरी क्षेत्रमा बढ्दै गईरहेको छ ।

आर्थिक, मानसिक रुपमा जति नै सक्षम देखिएपनि शारीरिक रुपमा हुने कमजोरी वा यौन शक्तिमा हुने कमजोरीका कारण घरभित्रको पीडालाई लुकाएर भएपनि ‘एक्सट्रा म्यारिटल अफयर्स’ चलाउने महिला वा पुरुषहरु प्रशस्त भेटिएका छन् ।

‘एक्स्टा« म्यारिटल अफयर्स’ मा संलग्न हुने महिला एवं पुरुष दुवै उच्च घरानियादेखि सरकारी एवं गैरसरकारी संस्थामा कार्यरतहरु पनि भेटिएका छन् । त्यस्तै घरभित्र हुने जस्तो सुकै मतान्तर भएपनि समाजका लागि देखाउनका लागि भए पनि सम्वन्ध रहे जस्तो देखाउनेहरु पनि प्रशस्त छन् । परिवारमा जे जस्तो होस् समस्या निम्त्याउनु भन्दा ‘एक्सट्रा म्यारिटल अफयर्स’ मा रमाउनु नै उत्तम ठान्ने महिला पुरुषहरु छन् ।

सविन (नामपरिवर्तन) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हुन् । उनको विहे भएको १३ वर्ष वितिसकेको छ, श्रीमती गृहिणी हुन् । वीएसम्म अध्ययन गरेकी उनी काममा बाहिर निस्कन खोजेपनि त्यसबेला किन काम गर्न पर्यो र भन्दै उनले रोके । दुई बच्चाबच्ची पनि छन् । तर उनको घरमा श्रीमतीसँगको सम्वन्ध अहिले त्यत्ति राम्रो छैन । केही वर्ष अघिदेखि नै उनीहरुवीच घटपट शुरु भएको थियो । केही समय तालिमका लागि विदेशमा पुगेका उनी फर्के लगतै श्रीमतीसँगको सम्वन्धमा दरार उत्पन्न भयो । अहिले बालबालिकाका कारण सम्वन्ध विच्छेद गर्न उनी सक्दैनन । एकातिर बालबालिकाको भविष्य अर्कोतिर हाम्रो समाजको डरले पनि उनी ‘एक्सट्रा म्यारिटल अफयर्स’ मा छन् ।

सविनको भन्दा अलि फरक कथा छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा शाखा अधिकृतका रुपमा कार्यरत अनुज (नाम परिवर्तन) को । रामपुर क्याम्पस पढ्दाखेरी त्यही पढ्दै गरेकी साथीसँग प्रेम विवाह गरेका उनी पनि अहिले ‘एक्सट्रा म्यारिटल अफयर्स’ मा रमाईरहेका छन् । दुवै श्रीमान् श्रीमती नै शाखा अधिकृतका रुपमा जागिरे पनि छन् । तर कार्यालय फरक छ । श्रीमती नराम्री पनि हुँदै होइन, तर पनि उनी किन ‘एक्सट्रा म्यारिटल अफयर्स’  मा रमाईरहेका छन् त ? उनी भन्छन्, प्रेम विवाह गरेको हुँ तर श्रीमतीको पनि ‘‘एक्सट्रा म्यारिटल अफयर्स’ रहेको उनी कार्यालयले तालिमका सिलसिलामा विदेश पठाएको बेला थाहा पाए ।

सायद उनीसँग गएका सहकर्मीहरुले मदिरा नपिएको भए उनको श्रीमतीको अफेयर्सको विषयमा थाहा पनि पाउने थिएनन् । मदिरा पिउँदा पिउँदै गर्दा को–को कर्मचारीको अफेयर्स कोसँग छ भन्ने चर्चा चलिरहेका बेला मदिरा कै नशाामा रहेका उनी आफ्नै सहकर्मीसँग आफ्नी श्रीमतीको सम्वन्ध रहेको थाहा पाएपछि छाँगाबाट खसेजस्तै भए । उनले खाएको मदिरा एक्कै छिन्मा उड्यो उनी भन्छन् । त्यसपछि मनमुटाव लिनुभन्दा आफू पनि ‘एक्सट्रा म्यारिटल अफयर्स’ मा रमाएको बताउँछन् ।

यी दुई पात्र उदाहरण मात्र हुन् । यस्तो धेरै महिला पुरुषहरु ‘एक्सट्रा म्यारिटल अफयर्स’ मा रमाईरहेका छन् । ‘एक्स्टा« म्यारिटल अफेयर्स’ मा रमाउने महिलाहरु धेरै जसो सरकारी एवं गैरसरकारी संस्थामा काम गर्ने मात्र होइन वैकिङ्ग क्षेत्रमा काम गर्नेदेखि कलेजमा पठाउनेसम्म पनि भेटिएका छन् । त्यस्तै विदेशमा श्रीमान् हुने श्रीमतीहरुको संख्या त प्रशस्तै छ ।

‘एक्सट्रा म्यारिटल अफयर्स’ का विषयमा अदालतसम्म पुग्नका लागि प्रशस्त प्रमाणहरु पुग्दैनन् । यस प्रकारमा सम्वन्ध अवैधानिक मानिन्छन् । तर पनि कतिपय श्रीमान् वा श्रीमतीहरु यस्ता घटनाका गुनासा लिएर मुद्दाका लागि आउने गरेको अधिवक्ता गणेश शर्माको भनाई छ । कानूनले आशंकाका भरमा कसैलाई आरोप लगाउन सक्दैन यद्यपी रंगहात पक्राउ परेको खण्डमा बहुविवाहको मुद्दा दर्ता हुने अधिवक्ता शर्माको भनाई छ ।

एक दशक अगाडि पुरुषहरु ‘एक्सट्रा म्यारिटल अफयर्स’ मा रमाउने मात्र होइन शहरमा कोठा लिएर श्रीमतीका रुपमा नै राख्ने गरेका तथ्यांकहरु भेटिन्छन् । अहिले सामाजिक रुपान्तरण प्रविधिको बढ्दो प्रयोग र आर्थिक उन्नतिका कारण पनि यस प्रकारका सम्वन्धहरुको विकास हुँदै गईरहेको देखिन्छ ।

यद्यपी सामाजिक संरचनालाई दोष दिएर पन्छने धेरै देखिएपनि श्रीमान् वा श्रीमतीबाट यौन सन्तुष्टि हासिल नगर्नु, विभिन्न खाले रोगहरुका कारण, पाश्चात्य जीवन शैलीमा रमाउन खोज्नु, आधुनिकतातिर रमाउन खोज्नु पनि ‘एक्स्टा« म्यारिटल अफेयर्स’ का मुख्य कारणका रुपमा देखा परेका छन् ।

प्रतिक्रिया