बुधबार, वैशाख २६, २०८१

के हो निमोनिया, जोगिने कसरी ?

नेपालखोज २०७६ मंसिर ६ गते ७:५६

के हो निमोनिया?

नेपालमा बच्चालाई धेरै हुने समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ । निमोनिया फोक्सोको संक्रमण हुने रोग हो । यो रुघाखोकी बिग्रेर हुन्छ । प्राय बच्चालाई मात्र हुने भनेर बुझिएता पनि यसले बुढेसकालसम्मै पनि दुःख दिन्छ । जाडोमा निकै सावधान रहनु पर्छ । फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ । किटाणुबाहेक अरु चिजले पनि गर्छ । जस्तो एउटा निमोनियालाई केमिकल निमोनिया भनिन्छ त्यो चाहिँ विष, मट्टितेल जस्ता पदार्थहरुले गराउन सक्छ । तर मुख्य निमोनिया गराउने चाहिँ किटाणु नै हुन् ।

भरतपुर अस्पतालमा कार्यरत नेपाल पेडियाट्रिक सोसोइटीका उपाध्यक्ष डा. युवनिधि बसौलाका अनुसार निमोनिया धेरै प्रकारको हुन्छ । कसैले जन्मजात पनि निमोनिया लिएर आएका हुन्छन् । भर्खरै जन्मेको बच्चाको ६० भन्दा बढी श्वासदर छ भने निमोनिया भएको भनिन्छ । दुई महिनासम्मको ५० श्वासदर छ र दुईमहिना भन्दा माथिको बच्चाको ४० भन्दा बढी श्वासदर भयो भने निमोनिमया भएको हो ।

त्यसैले फोक्सोको एक भागमा पनि यसले संक्रमण गर्न सक्छ भने धेरै ठाउँमा फैलिन पनि सक्छ । केमिकल निमोनिया पनि हुन्छ । नेपालमा सरदर एउटा बच्चालाई वर्षमा ४–५ चोटी निमोनिया भएको मानिन्छ ।  कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राई नेपालमा बाल मृत्यदुरलाई गणना गर्ने हो भने निमोनिया एक नम्बरमा पर्ने बताउँछन् । त्यसपछि झाडापखाला र कुपोषण पर्छ । पाँच वर्षका मुनिका बच्चालाई त्यसमाथि दुई वर्ष मुनिका बच्चाहरुलाई यो बढी हुने गरेको पाइएको छ । निमोनिया रोग जनस्वास्थ्य सम्बन्धी एकदम संवदनशील विषय हो ।

निमोनियाका लक्षण

१. खोकी लाग्ने,
२. चाँडो–चाँडो श्वास फेर्ने,
३. कोखामा हान्न (श्वास फेर्दा छाती र करङको भाग धस्सिने)
४. श्वास फेर्न गाह्रो हुने,
५. दुध चुस्न नसक्ने आदि ।

निमोनियाबाट कसरी जोगिने ?

बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ । ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनु पर्छ । जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ । त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ । आमाको दुधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन् ।

निमोनियबाट बचाउन सफासँग हात पनि धुन चिकित्सक सुझाउँछन् । प्रदुषण बढेको छ । जताततै फोहोर नै फोहरै छ । हात नधोइकनै बच्चालाई समात्ने, बच्चालाई अंगालो हाल्ने काम गर्न नुहने चिकित्सकहरुले स्ुझाव दिने गरेका छन् । आफू सफा नरहने हो भने हाम्रो हातमा भएका किटाणु बच्चालाई पनि सर्न हुन्छ । त्यसैले सुरुमा हात धुने र त्यसपछि मात्रै बच्चा समात्ने गर्नु पर्छ ।

प्रतिक्रिया