शनिबार, असोज २६, २०८१

कोभिडबाट फिलिपिन्समा २६ जनाकाे मृत्यु

नेपालखोज २०७९ पुष १७ गते १३:२६

मनिला । फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

सो विभागकाअनुसार शनिबार यहाँ कोभिडबाट पाँच सय ९१ जना सङ्क्रमित भएका पनि बताइएको छ । यो समेत गरी यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ ।

यहाँ अहिले सक्रिय सङ्क्रमित १३ हजार मात्र भएपनि पछिल्लो समयमा कोभिडबाट हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । प्राप्त समाचारअनुसार कोभिडका कारण ६५ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया