शुक्रबार, वैशाख ७, २०८१

पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ भदौ २२ गते १७:२५

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणका कारण देशैभर मृत्यु हुनेको संख्या ११ पुगेको जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । मृत्यु हुनेमा ७ जना पुरुष र ४ जना महिला रहेका छन् ।

प्रतिक्रिया