बिहीबार, चैत १५, २०८०

श्वासप्रश्वासको दीर्घ रोगबाट ग्रसित हुनुहुन्छ ? रोकथामका लागि यसो गर्नुहोस्

नेपालखोज २०७६ मंसिर ८ गते ७:४१

मानिसको फोक्सोको साथै फोक्सोमा रहेका हावाका साना नलीहरु स्थायी रुपमा क्षति भएर श्वास लिन कठिनाइ हुने अवस्थालाई दीर्घ अवरोधात्मक श्वासप्रश्वास (सिओपिडी) रोग भनिन्छ । यो रोग धुवाँको कारणले लाग्दछ । त्यसमा पनि धुम्रपान चुरोट वा अन्य सूर्तिजन्य पदार्थ) सेवन गर्नु यो रोग लाग्नुुको एक प्रमुख कारण हो ।

रोगको रोकथाम र व्यवस्थापन
– धुम्रपान नगर्ने । यसका कारण लाग्ने रोगहरु निकै घातक हुन्छन्।
– धुम्रपान छोड्न नसक्ने व्यक्तिले चिकित्सको सल्लाह लिने। तर अरु व्यक्तिको सहयोग भन्दा तपाइमा छोड्ने इच्छाशक्ति  बढी हुनुपर्छ।
– खाना पकाउन परम्परागत चुलोको सट्टा आधुनिक धुवाँरहित चुलोको प्रयोग गर्ने। घरभित्र वायु प्रदुषण हुनबाट रोक्ने।  – वायु प्रदुषणबाट आफुलाई बचाउने। यदि प्रदुषित वातावरणमा काम गर्नुपरेमा सही किसिमको मास्क लगाउने वा सफा कपडाले नाकमुख छोप्ने।
– रोग गम्भीर अवस्थामा पुगेको पहिलो कुनै लक्षण देख्ने बित्तिकै बिरामीलाई तुरुन्तै चिकित्सक कहाँ लैजानुपर्छ। समय रहँदै उपचार गरेमा जटिलताबाट बच्न सकिन्छ।
– नियमित रुपमा औषधि सेवन गर्नुपर्छ। चिकित्सकको सल्लाह बमोजिम  मात्र अक्सिजन थेरापी प्रयोग गर्नु पर्छ ।
– गम्भीर किसिमको संक्रमण भइ अझ स्थिति बिग्रन बिरामीलाई खोप लगाउनेबारे चिकित्सकसँग सोध्नुहोस्।

प्रतिक्रिया