शनिबार, वैशाख १५, २०८१

दक्षिण एसियाली ज्योतिष महासंघको महासचिवमा युवा ज्योति लक्ष्मण पन्थी

नेपालखोज २०७६ मंसिर ८ गते १२:१९

८ मंसिर, काठमाडौं । बंगलादेशमा आयोजित २८ औ एशियाली ज्योतिष सम्मेलनले लक्ष्मण पन्थीलाई महासचिवमा निर्वाचित गरेको छ । बंगलादेशको चिट्टागाउँमा आयोजित तीन दिने सम्मेलनमा महासंघको अन्तर्राष्ट्रिय समितिको वैठकले युवा ज्योतिषी पन्थीलाई अन्तर्राष्ट्रिय समितिको समेत महासचिवमा मनोनयन गरेको छ ।

अन्तर्राष्ट्रिय ज्योतिष महासंघको महासचिवमा मनोनय भएका पन्थी राष्ट्रिय समिति नेपालको सभापति, केन्द्रीय कार्यबाहक महासचिव तथा नेपाल ज्योतिष परिषदको सचिब हुँदै बिभिन्न संघ संस्थाका नेतृत्व तहमा बसी कुशलतापूर्वक नेतृत्व सम्पादन गरिसकेका व्यक्ति हुन् ।
अर्घाखाँची को छत्रदेवमा जन्मेका पन्थी जनकल्याण मा. वि. तारुभतेरा अर्घाखाँचीबाट शिक्षाको सुरुवात गरि संस्कृत मा.वि.(दरबार हाइस्कुल)रानीपोखरी काठमाडौं हुदै नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य(एम.ए) गरेका हाल सोही विश्वविद्यालयबाट विद्यावारिधी गर्दैछन ।

२८ औं एसियाली सम्मेलनमा नेपालबाट अध्यक्ष सहदेव बिस्टको नेतृत्वमा प.घनश्याम सुबेदी, लक्ष्मण पन्थी ,प.खिलनाथ काफ्ले, केसब राज जोशी, अचुतमणि आचार्य, अग्निराज पौडेल, भरतमणी ज्ञवाली,सुदर्शन पौडेल, गौरीशंकर शर्मा, कमल पौडेल , मुस्कान खनाल, हिरालाल उपाध्यायको सहभागीता रहेको थियो भने भारतबाट चर्चित बैज्ञानिक ओम प्रकाश पान्डे, एस.के. शास्त्री,डा. बिश्वदिप भट्टचार्य, लगायत चर्चित व्वक्ति र सार्कका सबै मुलुकबाट सो क्षेत्रका विद्धत बर्गको उपस्थिति रहेको अध्यक्ष सहदेब बिष्टले जानकारी दिएका छन् ।

सो अबसरमा बंगलादेशमा पण्डित श्री विजय शर्माको सभापतित्वमा नयाँ राष्ट्रिय समितिी समेत गठन गरेकोछ । निर्वाचित हुने कार्यसमिति सदस्यहरमा उपसभापति, एस.एम.जाहिद, महासचिवमा एस.के. आचार्जी, सचिवमा विश्वजित चतर्जी, कोषाध्यक्षमा मो. फकिर एसरत अरफत, सदस्यहरुमा प्रवोध चक्रवर्ती, एसएम रकिव हसन, अभिजित भट्टाचार्य, सहके तुतुल, चिन्मोए चौधरी मिल्हुन, एहोएन आचार्जी,र खोलिलुर रहमन रहेका छन् । अन्तर्राष्ट्रिय ज्योतिष महासंघको केन्द्रीय कार्यालय भने नेपालको काठमाडौंमा रहेको छ।

प्रतिक्रिया