शुक्रबार, वैशाख ७, २०८१

भारत उत्तराखण्डका मुख्यमन्त्री भन्छन्, ‘कालापानी विवादबारे दुई देश वार्तामा बस्नु पर्छ’

नेपालखोज २०७६ मंसिर ८ गते १४:१०

८ मंसिर, काठमाडौँ । भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले कालापानी विवाद समाधानकालागि दुवै देशले वार्तामा बस्नु पर्ने बताएका छन् । उनले गएको बुधबार कालापानी भारतकै भएको दाबीगरी अभिव्यक्ति दिएपछि नेपालीले उनको चर्को विरोध गरेका थिए । तर अहिले उनी आफ्नो दाबीबाट पछि हटेका छन् । भारतको देहरादुनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल र भारतको सम्बन्ध रोजी रोटीको भएकाले समस्यालाई बढवा दिन नहुने बताए । उनले फरक प्रसंगमा आफुले त्यो अभिव्यक्ति दिएको भएपनि सञ्चारमाध्यामले फरक अर्थ लगाएको बताए । तर उनले समाचारमा आएको भनाई पुरै अस्विकार भने गरेनन् ।

अघिल्लो बुधबार भारतीय हिन्दी दैनिक अमरउज्याला लगायतका पत्रिकाले मुख्यमन्त्री रावतलाई उद्धृत गर्दै नेपालको कालापानीलाई आफ्नो देशको हो भनेका थिए ।

अहिले उत्तराखण्डका मुख्य मन्त्री रावत आफुले उत्तरा खण्ड र नेपालको सुदुरपश्चिम क्षेत्रका मानिसको सम्बन्धबारे मात्र बोलेको दाबी गरिरहेका छन् ।

उनले सिमा विवादलाई दुवै देशले वार्ता मार्फत समाधान गर्नुपर्ने बताए । उनले नेपाल भारतको सांस्कृतिक, ऐतिहासिक सम्बन्धमा असर गर्ने गरी विवादलाई थप चर्किन दिनु नहुनेपनि बताए ।

प्रतिक्रिया